देशका दलालबिरुद्ध आन्दोलन केन्द्रित : विप्लव

देशका दलालबिरुद्ध आन्दोलन केन्द्रित : विप्लव

महोत्तरी , १६ माघ /कपन अनलाइन  : नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विपल्व’ले देशका दलालहरुबिरुद्ध आन्दोलन केन्द्रित गरिएको बताएका छन् ।download (1)

महोत्तरीको किसाननगरमा उनले दशबर्षे जनयुद्धले गणतन्त्र ल्याएको जिकिर गर्दै देशका दलालहरुबिरुद्ध आन्दोलन केन्द्रित गर्ने दाबी गरे ।

बिदेशको इशारामा माओबादीलाई माइन्स गरेर राज्यसत्ता कब्जा गरी काँग्रेस र एमालेले संविधान बनाउन खोजेको आरोप लगाउँदै बिप्लबले न्यायपूर्ण सहमति नभएसम्म क्रान्ति जारी रहने घोषणा गरे । वैद्य नेतृत्वको नेकपा (माओवादी) बाट छुट्टिएकार नयाँ पार्टी घोषणा गरेका विप्लवले दलालबिरुद्ध जनकारवाहि गर्ने चेतावनी दिदै आएका छन् ।

नेकपा(माओवादी)का चितवन जिल्ला सदस्य किरण पोखरेलका वुवा टिकादत्त पोखरेलको श्रद्धान्जली सभामा सहभागी भएका उनले आफुहरु भुमिगत नभएको बताए ।

तपाइँको प्रतिक्रिया ।