असोज २२ गते स्वास्थ मन्त्री गगन थापाले क्षेत्रवासीलाई चियापान कार्यक्रम आयोजना

gagan-thapa

कपन अनलाइन, २० असोज, २०७३

काठमाडौं क्षेत्र नं. ४ का सांसद तथा स्वास्थ्य मन्त्री गगन कुमार थापाले क्षेत्रवासीका लागि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका छन् । हरेकवर्ष क्षेत्रवासीका नाममा गरिँदै आएको यो कार्यक्रम थापा मन्त्री भएपछि झनै महत्वका साथ गरिने बताइकोछ । असोज २२ गते फुलपातीको दिन गरिने सो कार्यक्रम चावहिल, मित्रपार्कस्थित आरबी होम पार्टी प्यालेसमा गरिने छ ।

सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४ का प्रमुख रोहित पौडेलका अनुसार शुभ बिजयादशमी, शुभ दीपावली, नेपाल सम्बत्, छठ, इद तथा ल्होसारको जस्ता शुभ पर्वहरुको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । पौडेलका अनुसार थापा मन्त्री भएपछि सांसद कार्यालयले औपचारिक भेटघाट कार्यक्रम आयोजना नगरिएको अवस्थमा क्षेत्रवासीसँग शुभकामना आदानप्रदान र भलाकुसारीका लागि कार्यक्रम महत्वपूर्ण हुने बताएका छन् । कार्यक्रम फुलपातीको दिन बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ४ का जनसामान्यसहित नेपाली कांग्रेसका बिभिन्न तहतप्का सहभागि हुनेछ ।

तपाइँको प्रतिक्रिया ।