मनोज वैद्य जित्ने हिसाबले महामन्त्रिको यात्रामा

मनोज वैद्य जित्ने हिसाबले महामन्त्रिको यात्रामा

13775634_1020875771340901_6614204592149805489_n

कपन अनलाइन, १० साउन, २०७३

काठमाडौं नेपाली कांग्रेसका युवा हस्ती मनोज वैद्य यतिखेर नेविसंघको महामन्त्रि पदका प्रत्यासी हुन् । नेविसंघ काठमाडौंका अध्यक्षसमेत रहेका वैद्य प्रभावशाली व्यक्ति मानिन्छन् । नेविसंघको राजनीतिमा लामो समय सक्रिय रहेका वैद्य संघमा अब नयाँ पुस्ता आवश्यक भएका मान्दछन् । नेविसंघ पूरानो मानसिकताबाट संचालित हुँदा प्रभावकारी बन्न नसकेकोप्रति चिन्तित छन् वैद्य । ११ औं महाधिवेशनका संघारमा नेविसंघ महामन्त्रिमा दावेदारमध्ये सशक्त मानिएका वैद्य नेपाली कांग्रेसभित्र प्रकाशमान सिंहका विश्वासिलो व्यक्ति मानिन्छन् । वैद्यलाई महामन्त्रि बनाउन नेपाली कांग्रेसका धेरै युवा नेताहरु पनि सक्रिय रहेको बताइन्छ । वैद्य यतिखेर महामन्त्रि पदमा विजय हुने अभियानमा देश दोडाहामा रहेका छन् ।

(फोटो: चेतन मग्राती मगर)

तपाइँको प्रतिक्रिया ।