प्रधानमन्त्री ओलीले दिए राजीनामा

कपन अनलाइन / २०७३ श्रावण ९ आइतबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा घोषणा गरेका छन् । आफू नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव परेपछि उनले आइतबार व्यवस्थापिका संसद्मा सांसद्हरुले उठाएका जिज्ञासाको जवाफ दिदै संबोधनको अन्त्यमा राजीनामाको घोषणा गरेका हुन् ।
उनले संसद्लाई संबोधन गर्नु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको उनले बताए ।
अघिल्लो हप्ता प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
माओवादी केन्द्रसँगै राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसद्मा पेश गरेपछि ओलीले राजीनामा दिएका हुन् ।
एमाले अध्यक्ष ओली गत असोज २४ गते प्रधानमन्त्रीको निर्वाचनमा ३ सय ३८ मत ल्याइ मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र अन्य साना दल मिलेर नयाँ सरकार गठन हुनेछ । अहिलेसम्म भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको उमेद्वारको रुपमा कांगे्रसले अगाडि सार्ने बताइएको छ ।
नयाँ सरकार गठन नभएसम्म ओली सरकार नै कामचलाउ सरकारको रुपमा रहनेछ ।
तपाइँको प्रतिक्रिया ।