आर्थिक विधेयक पारित नभएसम्म अविश्वास प्रस्तावमा छलफल हुन्नः भट्टराई

आर्थिक विधेयक पारित नभएसम्म अविश्वास प्रस्तावमा छलफल हुन्नः भट्टराई

yogesh-1

कपन अनलाइन /५ साउन ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसद्मा पहिल्यै दर्ता भएर पारित हुने क्रममा रहेका बजेटसम्बन्धी तीनवटा आर्थिक बिधेक पारित नभएसम्म अविश्वासको प्रस्तावमाथि छलफल हुन नसक्ने बताएका छन् । उनले भने, ‘त्यसपछि मात्रै अविश्वसको प्रस्तावमाथि छलफल हुन्छ ।’

संसद् अधिवेसन चलिरहेका बेला अनियमित रुपमा आएको सरकारमाथिको अविश्वासको प्रस्तावले त्यसअघि नै दर्ता भएका प्रस्तावहरु रोक्न नसक्ने उनले बताए । बुधवार रिपोर्टस क्लवले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा प्रचार बिभाग प्रमुख भट्टराईले संसदको नियमावली अनुसार संसद चल्नुपर्नेमा जोड दिए । उनले भने, ‘कसले के भन्छ भन्ने आधारमा होइन, संसद् नियमावली अनुसार सदन चल्नुपर्छ ।’

नेकपा (एमाले) को स्थायी कमिटीको मंगलबार बसेको बैठकले आर्थिक बिधेयक र अविश्वसको प्रस्ताव बारेमा स्पस्ट धारणा बनाइसकेको उल्लेख गर्दै नेता भट्टराईले आफ्नो पार्टी संसद् विघठन गर्ने सोचमा नरहेको बताए । उनले भने, ‘हामी अविश्वसको प्रस्तवामा संसद्बाट आउने परिणाम सहज रुपमा स्वीकार गर्छौँ । तर, पहिलेदेखि नै कार्यसूचीमा रहेका प्रस्तावहरु बेवास्ता गरी सरकार परिवर्तनको एजेन्डा अगाडिी सारिए एमालेलाई मान्य हुदैन ।’

सरकार परिवर्तनको नाममा संविधानमा बाधा रहेको भन्दै बाधा अड्काउ फुकाउने नाममा संविधान संसोधनको प्रस्ताव आएमा एमालेले प्रतिवाद गर्ने समेत उनले बताए । ‘बिभिन्न बाहनामा संविधान संसोधनका लागी बिभिन्न समूहहरु सक्रिय छन्’, उनले भने, ‘हामी तिनलाई सफल हुन दिँदैनौँ ।’

तपाइँको प्रतिक्रिया ।