राष्ट्रकवि माधव घिमिरेलाई यात्री वाङमय पुरस्कार प्रदान

राष्ट्रकवि माधव घिमिरेलाई यात्री वाङमय पुरस्कार प्रदान

कपन अनलाइन, ३ साउन, २०७३

वरिष्ठ साहित्यकार तथा मानवशास्त्री स्व. पूर्णप्रकाश नेपाल यात्रीको नाममा स्थापित पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले प्रथम यात्री वाङमय पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरेको छ ।

IMG_0252

राजधानीमा आज आयोजित एक विशेष कार्यक्रममा राष्टकविलाई ५१ हजार नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । नेप्रप्र का कूलपति गङ्गाप्रसाद उप्रेतीले प्रमुख अतिथिका हैशियतमा सो पुरस्कार राष्ट्रकविलाई प्रदान गरेका हुन् । साहित्यकारहरूको विशेष जमघटमा आयोजित कार्यक्रममा प्रमुखवक्त्ता डा. रामप्रसाद ज्ञवाली, पूर्वमन्त्री तथा साहित्यकार प्रदिप नेपालसहित बिभिन्न साहित्यिक व्यक्तित्वले स्व. पूर्णप्रकाश नेपाल यात्रीका बारेमा बोलेका थिए । कार्यक्रम पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।