बहुप्रतिक्षित हुवेको पि ९ शुक्रबारबाट नेपाली बजारमा

कपन अनलाइन, २ साउन, २०७३

विश्वबजारमा तहल्का मच्चाइरहेको भनिएको चाइनिज प्रतिष्ठित मोवाइल कम्पनि हुवेको पि ९ यही शुक्रबारबाट नेपालीहरूका लागि उपलब्ध हुने भएको छ । विश्वप्रशिद्ध लाइका कम्पनिको क्यामरा प्रयोग गरिएका कारण  बहुप्रतिक्षित हवे पी नाइन मोडलको मोबाइल सेट शुक्रबार बजारमा अोपनिङ गरिनेछ । लेइका कम्पनीको उच्चस्तरको स्मार्ट फोटोग्राफी प्रविधि भएको ‘डुयल–लेन्स पी नाइन’ सेट  ‘लेइका क्यामरा एजी’ भएको यो पहिलो स्मार्ट मोबाइल फोन हो । दुई लेन्स भएको उक्त मोबाइलले फोटोग्राफीलाई उच्च गुणस्तर दिनेछ जसमा विविध कलर सहित ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गर्न पाइने छ ।

पी नाइन ह्वावे र लेइका दुई कम्पनीको उच्चस्तरको इन्जिनियरिङ डिजाइनबाट बनेको बताइएको छ । यसले लेन्स, सेन्सर, फोटो प्रोसेसिङमा थप गुणस्तर ल्याउन सफल भएको कम्पनीको दाबी रहेको छ । यो प्रबिधिले कम प्रकाशमा पनि गुणस्तरीय फोटो खिच्न सघाउने छ ।  विश्व बजारमा दुइ मोडेलमा निक्लिए पनि नेपाली बजारमा तत्कालका लागि ३ जिबी र्याम र ३२ जिबी रोम भएको यो मोबाइलमा १२८ जिबी मेमोरी कार्ड प्रयोग गर्न सकिने सेट सार्वजनिक हुन लागेको हो  । पि ९ मा १२ एमपी लेइका डुयल क्यामरा, विएसआइ सिएमओएस सेन्सर, ८ एमपी, एफएफ क्यमरा र फोरजी डुयल हाइब्रिड सिम प्रयोग गर्न सकिने छ ।  कम्पनीका अनुसार पी नाइन कम्पनीको पी सिरिज अन्तर्गतको एक आर्ट इन्डस्ट्रियल डिजाइन भएको ‘मास्टरपिस’ हो । यस डिजाइनको प्रत्येक सेट २.५ डी ग्लास, एरोस्पेस–क्लास अलुमिनम, डाइमन्ड–कट गोलो किनारा भएको सन्तुलित कर्भभेन्चर हो । ३२ जिबी भर्सन र सेराकी ह्वाइट भर्सनमा रहेको यस पी नाइनमा आ–आफ्नै विशेषता रहेका छन् ।

पि ९ मा  ५.२ इन्च १०८० पि डिस्प्ले, ३००० मिलिएम्पियर आवर डेन्सिटी भएको ब्याट्री प्रयोग गरिएको छ । भर्चुअल–एन्टेना आर्किटेक्चर, रोबस्ट, सिमलेस कनेक्टिभिटी सेलुलर र मोबाइल इन्टरनेटको पूर्ण वाइफाइ नेटवर्क प्रयोग गर्न सकिने नयाँ प्रविधि सहितको पी नाइन मोबाइल सेट हो ।व्यक्तिगत जानकारी र सूचनालाई यसमा प्रयोग गरिएको बायोमेट्रिक फिंगरप्रिन्ट प्रविधिले सुरक्षित राख्ने कम्पनीले बताएको छ । यसमा रहेको फिंगरप्रिन्ट सेन्सरले आफ्नो सेट चिन्न र हराएको अवस्थमा आफ्नो सेटको जानकारी लिन सकिने छ । शुक्रबार बजारमा आउन लागेको यो फोन विश्वका १ सय ७० भन्दा बढी देशमा उपलब्ध रहेको कम्पनिले जनाएको छ । यस मोबाइलको मूल्य सार्बजनिक नगरिए पनि करिब ५५ हजार हाराहारीको हुने अनुमान गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।