तेजकुमार केसीको पहलमा कपन क्याम्पस कम्प्युटर ल्याबलाई ६ लाख
कपन अनलाइन, २ साउन, २०७३
बुनपा क्षेत्रमा प्रतिष्ठित सामुदायिक कलेज कपन बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति सदस्य तेजकुमार केसीले सो कलेजमा कम्प्युटर ल्याब निर्माणका लागि ६ लाख रुपैँया बजेट उपलब्ध गराउन पहल गरेका छन् । कपन बहुमुखी क्याम्पसलाई हालै प्राप्त भएको सो रकम शिक्षा मन्त्रालयबाट प्राप्त भएको हो । नेपाल सरकारका निजामति कर्मचारीसमेत रहेका केसीले एकल पहलमा क्याम्पसको स्तरन्नोतीका लागि सो बजेटका लागि पहल गरेका हुन् । एक कार्यकाल सो क्याम्पसको व्यवस्थापन समिति सदस्य बस्दासमेत सबैले सरहाना गर्ने सदस्यका रुपमा रहेका केसी कपन क्षेत्रका सामाजिक अभियान्ता पनि हुन् ।यसअघि कपन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको कोटामा सदस्य बनेका केसीलाई केही महिना अघि भएको व्यवस्थापन समितिको नयाँ कार्यसमितिमा सूचना तथा कुनै छलफलसमेत गरिएको थिएन । नेका बुनपा १२ का सभापति तथा बालउद्धार स्कूल व्यवस्थापन समितिका अध्यक्ष श्याम डोटेलले एकलौटीरुपमा आफ्नाका आसेपासेहरुलाई नेकाको कोटामा कपन क्याम्पसको व्यवथापन समिति लगेका थिए । श्याम डोटेलको यो कदमको नेकाभित्र मात्र नभै समग्र कपन क्षेत्रमै आलोचना भएको थियो ।