गगन थापाले डा. गोबिन्द केसीलाई भेटे, केसीको मागप्रति चुप लाग्न नहुने बताए

गगन थापाले डा. गोबिन्द केसीलाई भेटे, केसीको मागप्रति चुप लाग्न नहुने बताए

कपन अनलाइन, २ साउन, २०७३

१ दिन अघि अमेरिकाबाट नेपाल फर्किएका  नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले अनशनरत डा गोविन्द केसीलाई भेटेर उनको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनका मागहरु बारे यथाशिघ्र संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

IMG_7959

केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोले मैले धेरै कुरा गर्न नसकेको बताउँदै थापाले डा. केसीले उठाएका मागहरु संसदसँगै सम्बन्धित मागहरु हुन् र व्यवस्थापिका संसदले पनि यसबारे अनभिज्ञता प्रकट गर्ने ठाउँ छैन भनेका छन् । उनले डा केसीका मागहरु सबै पूरानै भएका र ती मागहरु बारे संसदमा छलफल भइसकेकाले पनि संसद चुप लागेर बस्ने अवस्था नरहेको पनि उनले बताए ।

थापाले डा केसीका मागहरु बारे संसदमा छलफलका लागि अरु विषयहरु अवरोध बन्न नसक्ने पनि बताए । थापाका अनुसार यतीबेला सबैभन्दा महत्वपूर्ण केसीको स्वास्थ्य हो त्यस प्रति हामी सचेत हुन ढिलो गर्नु हुन्न ।  हिजोमात्रै स्वदेश आइपुगेका डा केसीलाई भेट्ने चौथो सांसद भएको डा. केसीका सहयोगीले बताए ।

 

तपाइँको प्रतिक्रिया ।