कुकुरले खाइनसक्ने नगरपालिकाको कारण…

कुकुरले खाइनसक्ने नगरपालिकाको कारण…

कपन अनलाइन, ३० असार, २०७३

मेलम्ची नगरपालिकाका बासिन्दा नगरपालिका भयो, अब विकासको ढोका खुल्यो भनेर आशावादी बने तर त्यसको ठीक उल्टो छ । नगरप्रमुखको शंकास्पद र विवादित कामले उनीहरू दुःखी बनेका हुन् ।

राजस्व मात्र उठाउने तर सेवा–सुविधा केही नदिँदा नगरवासी चिन्तित बनेका हुन् । मेलम्ची सिटीपार्क निर्माणका लागि नगरपलिकाले टेन्डर आह्वान गरेपछि कमिसन मिलाएर दलका प्रतिनिधिलाई कमिसन बाँडिएको खुलासासँगै कार्यसम्पादनको कमिसन खेल सतहमा आएको छ । नगर अधिकृतले कमिसन एक्लै खाने गर्दा लेखा शाखा र अधिकृतबीच मनमुटाव चर्किएको स्रोतले बतायो । नगरपालिकालाई सरकारले दिएको बा.२झ १६५० नम्बरको स्कोरपियो व्यक्तिगत प्रयोजनका लागि कहिले घर कहिले विवाहमा प्रयोग गरिँदै आएको छ ।

नगरपालिकाको गाडीले दलका प्रतिनिधिलाई आफ्नो घरसम्म छाड्ने गरेको छ । पूर्णप्रसाद दुलालले व्यक्तिगत काममा महिनामै लाखौँको तेल खर्च गर्ने गरेको पाइएपछि दलले बिल स्वीकृत नगरेको एक प्रतिनिधिले जनाए ।

प्रत्येक शुक्रबार काम नसकी घर जानमै हतार देखिने एक कर्मचारीले बताए । अफिस नआएको दिन पनि हाजिर गर्ने गरेको बताइन्छ । ‘हामीलाई पेलेर काम लगाउने, ऊ भने अफिस नै नबस्ने दुलालको नियति खराब छ’ कर्मचारीले गुनासो गर्न थालेका छन् ।

वातावरण प्रदूषित हुने गरी इन्द्रावती नदी किनारमा फोहोर खाल्डो खनेर त्यसबाट समेत कमिसन लिएको खुल्न आएको छ । तीन लाखको ठेक्कामा एक लाखको काम नगरी खसी खाएर रकम पचाउन खोजेको स्थानीयको आरोप छ । कार्यालयका लागि एउटा सानो दराज किन्दासमेत नगर अधिकृत आफैँ पुग्ने गर्छन् । काभ्रेको पाँचखालमा रहँदा पनि रकम दुरूपयोग गरेको स्थानीयले बताए । ललितपुर नगरपालिकाबाट सरुवा भएर मेलम्ची आएपछि दलका प्रतिनिधिलाई कमिसनको लोभ देखाउँदै काम हात पार्ने र सही गराउने अनि कमिसन मिलाएर खाने गरेको खुलासा भएको छ ।

महासंघमा तस्करीमन्त्र

यसैबीच, आमश्रमजीवी पत्रकारको हकहितका लागि स्थापित नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकमा धन्दावालाको हैकम छ । २÷४ हजार रूपैयाँ महासंघलाई सहयोग गरेको प्रमाण देखाउँदै आजीवन सबै पत्रकार आफ्नो दास भएको बताउन तस्करकै तजबिजमा अध्यक्ष युवराज पुरी चल्ने गरेको आरोप छ । तातोपानी नाका बन्द भएसँगै दुई÷चार जना पत्रकार अर्कै धन्दामा लागेका छन् । पछिल्लो पटक शाखा स्थापना दिवस र साधारणसभा भागबन्डामा पुरस्कृत भयो कञ्चन–ज्ञानेन्द्र पुरस्कार मिडियाविहीन पूर्वअध्यक्षलाई दिइएको छ ।

क्रियाशील पत्रकार अहिलेसम्म पुरस्कृत हुन सकेका छैनन् भने एमालेनिकटले स्थापना गरेको पुरस्कार पनि आफूनिकटलाई मात्र दिएको आरोप जिल्लाभरि सुनिन थालेको छ । जुरेको पहिरो र महाविनाशकारी भूकम्पबाट बन्द हुन पुगेको तातोपानी भन्सार नाकाको सवालमा अध्यक्ष पुरी र प्रेस युनियनका जिल्ला अध्यक्ष ध्रुव दंगालबीच पानी बाराबारको अवस्था छ । वर्ष २२, अंक १९, २०७३ साल असा २९ गते बुधबारको जनआस्था साप्ताहिकले खबर छापेको छ ।  

तपाइँको प्रतिक्रिया ।