अछामका अधिकाँश बिद्यालयमा सरसफाईको अवस्था नाजुक

अछामका अधिकाँश बिद्यालयमा सरसफाईको अवस्था नाजुक

  कपन अनलाइन /एकेन्द्र महता २३ असार ।

खुल्ला दिशामुक्त भईसकेको अछामलाई सम्पूर्ण तहवाट पूर्ण सरसफाई युक्त जिल्ला बनाँउने अभियान चलिरहेपनि अछामका अधिकाँश बिद्यालयमा सरसफाईको अवस्था राम्रो नरहेको पाईएको छ । जिल्ला शिक्षा कार्यालय अछामले प्रस्तुत गरेको बिद्यालय सरसफाई कार्यक्रमको एक तथ्यंक अनुसार जिल्लामा २१ वटा बिद्यालयको बाहेक अन्य सबै बिद्यालयको अवस्था राम्रो नरहेको पाईएको हो ।

Acham

जिल्ला शिक्षा कार्यालयले सरसफाईमा सबै सूचक पुरा गरेको र मूल्याँकनमा सबै सबैभन्दा राम्रो भएको बिद्यालयलाई थ्री स्टारको हैसियत दिने त्यसभन्दा कम भएको लाई टु स्टार र त्यो भन्दा पनि कम सूचक पार गरेको बिद्यालयलाई एक स्टारको मान्यता दिने तथा सरसफाईको सूचकमा एकदमै कमजोर देखीएका बिद्यालयलाई कुनैपनि स्टार नदिने अर्थात नो स्टारको मान्यतामा राख्ने कार्य अन्र्तगत सर्बेक्षण गरिएको थियो । सर्बेक्षण पछि जिल्लामा रहेका जम्मा ५१६ बिद्यालय मध्ये सबैभन्दा राम्रो (थ्री स्टार) एउटा बिद्यालयको पनि नभएको पायईएको छ ।

जसमध्ये सामान्य तया सूचकहरु पर गरेको (टु स्टार) एउटा बिद्यालय मात्र भेटिएको छ भने सन्तोषजनक अवस्था भएका (एक स्टार) २० वटा र बाँकी सबै बिद्यालयको सरसफाईको अवस्था राम्रो नभएको तथ्यंकले देखाएको छ । मंगलवार जिल्ला शिक्षा कार्यालय अछाममा भएको बिद्यालय सरसफाई कार्यक्रम सम्वन्धिको सरोकारवालाहरु बिचको अन्र्तक्रिया कार्यक्रममा अछामका सबै बिद्यालयलाई सरसफाईमा थ्री स्टार बनाँउने हेतुले जिल्ला शिक्षा लगायत अन्य साझेदारवाट लगानी भईरहेको तर सोचेजस्तो प्रगती नभएको भन्दै अव सबै क्षेत्रवाट सहयोगको खाँचो रहेको औंल्याईएको छ । सहभागि राजनीतिक दलका प्रमुख प्रतिनिधी, पेशागत स्रंगठनका प्रमुख प्रतिनिधी र सञ्चारकर्मीहरुले सबै बिद्यालयलाई सरसफाईका सम्पूर्ण सूचक पार गरि थ्री स्टार बनाँउनका लागि शिक्षाले आवस्यकताको आधारमा अनुदान र सहयोग उपलब्ध गराईनुपर्ने बताएका छन ।

त्यस्तै सरसफाईको क्षेत्रमा कार्यरत जिल्ला स्वास्थ्य, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाईटी, खानेपानी उपभोक्ता महाँसंघ लगायतका निकायले पनि बिद्यालयमा सहयोग गर्न आवस्यक रहेको उनिहरुको भनाई थियो । जिल्लाका सबै बिद्यालयलाई सरसफाईमा नमुना बनाँउने लक्ष हो भने जिल्ला शिक्षा कार्यालयलाई पहिला नमूनाको रुपमा देखाँउन जरुरी रहेकोमा पनि सहभागिको जोड थियो । कार्यक्रममा सरसफाईका सूचकहरुमा शौचालय भए नभएको, शौचालयको सरसफाई, छात्रा एवम अपांगमैत्री भए नभएको, खानेपानीको सुद्धता, पर्याप्तता, आदि विषयमा सबै बिद्यालयको अवस्था संकलन गरिएको जनाईएको छ ।

जिल्लाका बिभिन्न बिद्यालयहरुमा केही मात्रामा भएपनि खानेपानी, रेडक्रस, खानेपानी उपभोक्ता महाँसंघ लगायतका निकायले काम गरिरहेको र आगामि दिनमा आाउने तथ्यंकमा सुधार हुने जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हरिदत्त जोशीले जाँनकारी गराएका थिए । उक्त कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षा क्षेत्रको विकासको लागि र बालवालिकाको भविष्यका लागि राजनीतिज्ञ, बुद्धिजिवी, अभिभावक सरोकारवालाहरुले गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको बताए । जिल्लालाई सरसफाईमा मात्रै नभई गुणस्तरीय शिक्षा, बालमैत्री शिक्षा र भौतीक एवम बातावरणिय अनुकुलतामा थ्री स्टार र नमुना बनाँउनका लागि जिल्ला शिक्षा कार्यालय अभियानमा लागिसकेको बिष्टले बताए । यस अभियानलाई यो वा त्यो ढंगले असफल बनाँउन तिर नभई बालवालिकाको भविष्यलाई हेरेर अभियानलाई सफल पार्नका लागि सहयोग गर्न सबै सरोकारवालालाई उनले अनुरोध गरे ।

तपाइँको प्रतिक्रिया ।