कृषिबाट लाखौँ कमाउँदै मनहरा क्षेत्रका महिलाहरु (फोटो फिचरसहित)

कृषिबाट लाखौँ कमाउँदै मनहरा क्षेत्रका महिलाहरु (फोटो फिचरसहित)

कपन अनलाइन 

आशिष गुरागाईं 

काठमाडौं जिल्लाको उत्तरी भेकमा शिवपुरी राष्ट्रिय निकुञ्ज आसपास भएर बसेको अत्यन्त प्राकृतिक तथा कृषि उर्बर नगरपालिका हो कागेश्वरी मनहरा नगरपालिका । जंगल, खोलानाला मात्र हैन ं बिभिन्न धार्मिक स्थल, पर्यटकीय गन्तब्यहरु पनि यस नगरपालिकाभित्र पर्दछ ।

कागेश्वरी मनहरा नगरपालिका साविक गागलफेदी गा.वि स मा रहेको छ । यो क्षेत्र काठमाडौँ उपत्यकाको राम्रो कृषि हुने क्षेत्रको रुपमा लिइने गरिन्छ । यस क्षेत्रबासीहरु कुनै बेला यस क्षेत्रको धानले काठमाडौंको आधा जनसँख्यालाई भात खान पुग्ने बताउँछन् । समयको परिवर्तनसँगै फाँटहरु यतिखेर घरले ढाकिन शुरु भैसकेको छ । गाविसबाट यो क्षेत्र नगर भैसकेको छ । मानिसहरुलाई नगर हुनुको खासै महत्वबोध नभए पनि नगरपालिकाको नियम कानुनमा अब यस क्षेत्रका बासीहरु बाँच्न थालिसकेका छन् ।

Lobha Lagdo

यद्यपि अझै पनि मनहरा क्षेत्र कृषिका लागि परिचित नै छ । विशेषगरी तरकारी बाली यहाँ फस्टाएको छ । भिन्न भिन्न पेशामा लागे पनि घर वरपरका दुईचार रोपनी जग्गामा तरकारी तथा अन्य कृषिमा मानिसहरु मोहित नै छन् । आम्दानी पनि राम्रै छ, ५५ वर्षिया कान्छी फुयाँल भन्छिन् । कान्छीकी बुहारी सातदोबाटोको क्यान्सर अस्पतालमा जागिरे छिन् । उनका छोरा लिभरपुल कलेजमा प्राध्यापन गर्छन् ।

कान्छी फुयाँलले गाई पनि पालेकी छिन् अनि १ रोपनी जग्गामा तरकारी खेती गरेकी छिन् । २ रोपनी जग्गा अरुलाई गोलभेँडा खेती गर्न भाडामा दिएकी छिन् । वर्षा महिनामा गोलभेँडा खेती गर्न सजिलो नमानिए पनि यस क्षेत्रका किसानहरु गोलभेँडामा व्यस्त व्यस्त छन् । यतिखेर गोलभेँडाको भाउ पनि आकासिएको छ । तर गोलभेँडामा रोग लागिरहने समस्याले उनी आजित भएकी छिन् । तर कान्छी माया फुयाँँलले १ रोपनी जग्गामा लगाएको फर्सिको मुन्टा बेचेर एकहप्तामा उनी १५ हजार कमाउँछिन् । कृषिमा दुख भए पनि कान्छी फुँयाल हँसिली छिन् ।

Kageswori_Manahara

कागेश्वरी मनहरा नगरपालिका वडा नं.११ की ३८ वर्षिया उर्मिला केसी पनि तरकारी खेती र गाइपालनमा व्यस्त छिन् । २ ३ वटा गाई अनि २ ३ रोपनी जग्गामा खेती गर्दै दिन बित्छ उर्मिलाको

। उनलाई घरमा सहयोग गर्ने मानिस भने छैनन् । ज्यालामा मानिस लगाएर खेती गराएकी छिन् । उर्मिलाले मकै भित्र फर्सिको मुन्टा अनि बोडी र सिमी लगाएकी छिन् । १० वर्षदेखि उनी यसरी खेतीमा सक्रिय छिन् । उनका २ छोराछोरी प्लस टु पढ्दैछन् ।

20160706_130845

३८ वर्षिया नारायणी फुँयालले भनिन्, वर्षको १२ लाख कमाई हुन्छ ५ रोपनीमा गरिएको खेती अनि गाईको दुधबाट । यो आम्दानी अमेरिका जानेले पनि कमाउन हम्मे पर्ने आम्दानी हो । ५ रोपनी जग्गामा खेती गरेर अनि गाई पालेर बस्ने एक गृहणीले यतिधेरै आम्दानी गर्न सक्ने कुराले सबैलाई कृषितिर मोहित गर्न सक्छ । उनले थपिन्, बुझेर खेतीमा हात हाल्यो भने सुन फलाउन सकिन्छ । नारायणीका पति वकिल हुन् भने छोराछोरी कलेज पढ्दैछन् ।

यस्तै यस्तै काम तथा कथा छ ४२ वर्षीया लक्ष्मी केसीको । लक्ष्मीको ६ वटा दुधालु गाई छन् । त्यस्तै २ रोपनीमा तरकारी खेती छ । आम्दानी राम्रै छ लक्ष्मीले भनिन् । काम गर्न सक्यो भने खेतीमा जति पैसा केहीमा पनि छैन । लक्ष्मीको ५ जनाको परिवार छ भने यो कृषिकर्मबाट उनले वार्षिक ३ लाख बचाउने गरेकी छिन् ।

20160706_130259

४३ वर्षीया करुणा घिमिरे पनि यस क्षेत्रकी गृहणी महिला कृषिकर्मी हुन् । करुणाले पनि २ रोपनी जग्गामा वर्षे तरकारी बाली लगाएकी छिन् । ४ जनाको परिवार चल्नका लागि उनको यो खेतीले राम्ररी सहयोग पुर्याएको छ ।

20160706_130618

कपनतिर लामो समय ज्यामी काम गरेर ३ वर्षअघि गागलफेदीतिर सरेकी ४५ वर्षिय माया घिमिरे पनि ३ रोपनी जग्गा भाडामा लिएर कृषिकर्ममा व्यस्त छिन् । ओखलढुंगाको बिलन्दुर गाविसबाट काठमाडौं झरेकी मायाको ५ जनाको परिवारलाई पाल्न यो कामले उनलाई ठूलो भरथेग गरिरहेको छ ।

५२ वर्षिय उनका पति पनि उनलाई यही काममा सघाउँछन् । मायाको अनुसरा एक सिजनमा(तीन महिनामा) ७५ हजारदेखि १ लाखसम्म कमाई गर्छिन् उनले । यतिखेर मायाले फर्सिको मुन्टा, सिमी, बोडीलगायतका बाली लगाएकी छिन् । गोलभेँडामा रोग लागेकाले फस्टाएको छैन उनको । यो भेकमा गोलभेँडामा केही समस्या देखिएको छ । वेमौसमी खेतीको रुपमा लगाइएको गोलभेँडामा बोट डढेर मर्ने समस्याले धेरै यस्ता महिला कृषिकर्मीहरु दुखी एवम् चिन्तित भएका छन् । गोलभेँडा खेतीमा लगानी धेरै हुने भएकाले फल्न थालेको बोटहरु भटाभट मर्दा यी महिलाहरु चिन्तित मात्रै हैन निरुत्साहितसम्म देखिए ।

20160706_124223

डेढवर्षअघि बनेको कागेश्वरी मनहरा नगरपलिकाको आन्तरिक आर्थिक श्रोतका हिसाबले काठमाडौंका अन्य नगरपालिकाभन्दा कमजोर छ । यद्यपि श्रोत साधन तथा पहँुचको हिसाबले भने सम्पन्न नै छ ।

तर यी गृहणी महिला कृषि उद्यमीहरु नगरपालिकाले कृषिसम्बन्धि समस्याको बारेमा कुनै सरोकार नराखेको गुनासो गर्छन् । यस भेकबाट दैनिक दशौँ लाख रुपैँयाको तरकारी सहर पस्दछ । तर जनजीविकासँग सरोकार राख्ने कृषितिर नगरपालिकाको महत्वपूर्ण चासो हुनु पर्नेमा नभएको गुनासो छ कृषिकर्मीहरुलाई ।

 यी महिलाहरुले गाउँमा खेती गर्ने र खेतबारीलाई नगरपालिकाले चासो नदेखाउने अनि प्लटिङलाई अनुमति दिने कामप्रति सभ्य भाषाले सराप्न भ्याए । कपन अनलाइन टिमले पनि यी दिदीबहिनीको चासोप्रति नतमस्तक हुँदै प्लटिङ गर्ने नगरको योजना असफल गर्न महिलाहरु एकजुट होउन् भन्ने सद्भाव राख्यौँ ।

फोटोहरू:

20160706_131904

20160706_121149

20160706_132529

20160706_13432020160706_132443

तपाइँको प्रतिक्रिया ।