२९ गते शनिवार बुनपा १४ मा निःशुल्क बाथरोग उपचार शिविर

२९ गते शनिवार बुनपा १४ मा निःशुल्क बाथरोग उपचार शिविर

bath-rog

कपन अनलाइन, जेठ,२६, २०७३

बुनपा १४ कपन फैकामा यस क्षेत्रमै पहिलो पटक १ दिने निःशुल्क बाथ रोथ उपचार शिविर संचालन हुने भएको छ । स्थानीय नवदूर्गा सामुदायिक स्वास्थ्य केन्द्रले नेसनल बाथ सेन्टरसँग मिलेर यो कार्यक्रम आयोजना गरिने छ । कार्यक्रम कपनमा ल्याउनका लागि भूमिका निर्वाह गरेका राजनीतिकर्मी तथा समाजसेवी श्यामकृष्ण संगतका अनुसार यो कार्यक्रम काठमाडौं क्षेत्र नं. ४ का बिभिन्न ४ स्थानमा गरिने छ । कार्यक्रम अनुसार आगामी शनिवार २९ जेठमा कपनस्थित नवदूर्गा सामुदायिक स्वास्थ केन्द्रको प्रांगणमा निःशुल्क बाथरोग शिविर संचालन गरिने छ । शिविरमा बाथरोग भएको नभएको पत्ता लगाउने देखि निशुल्क औषधि वितरण गरिनेछ ।

शिविरमा समाजसेवी तेज रोक्काले क्यानडाबाट ल्याएको विविध भिटामिनजन्य औषधिहरु पनि निःशुल्क वितरण गरिनेछ । कार्यक्रम शनिवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ । हत्पति संचालन नहुने बाथरोग शिविरमा धेरै स्थानीयहरुको सहभागिता होस् भनेर प्रचारप्रसारमा ध्यान दिइने नवदूर्गा सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष सुनित चालिसेले कपन अनलाइनलाई बताए ।

baath

बाथरोगका लक्षण

शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।

तपाइँको प्रतिक्रिया ।