जेठ १३-१४ मा जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौँमा

जेठ १३-१४ मा जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौँमा

जलवायु परिवर्तन का कृषि पर प्रभाव

कपन अनलाइन, काठमाडौँ, ११ जेठ

 यही जेठ १३ र १४ गते प्राकृत्तिक विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूनसम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ । युरोपेली सङ्घको दक्षिण एसिया प्रतिनिधिमण्डलले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको जोखिम बढेकाले सोको न्यूनीकरणका लागि सम्मेलन आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन), दक्षिण एसियाली अध्ययन केन्द्र र वैकल्पिक विकासका लागि युरोप (डिएआइ युरोप) को सहकार्यमा हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय वक्ताले जलवायु अनुकुलता तथा विपद् जोखिम न्यूनीकरण, प्राकृतिक जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका, दक्षिण एसियाली मुलुकहरूले भोग्दै आएको मुद्दाहरू र उक्त विषयमा युरोपेली सङ्घले खेल्न सक्ने भूमिका विषयमा अनुभव आदान प्रदान गरिने आइयुसिएनले जनाएको छ ।

भौगोलिक बनावटका कारण नेपाललगायत दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको, जनघनत्व बढी भएको र उच्च गरिबी रहेको आइयुसिएनले उल्लेख गरेको छ । वातावरणीय अनुकुलन तथा कार्बन उत्सर्जनसम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनका लागि सम्मेलन महत्वपूर्ण हुने आइयुसिएनको जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।