मङ्गलबार मधेशी दलहरूसँग सर्वदलीय बैठक

kp-oli

कपन अनलाइन, काठमाडौँ, १० जेठ, २०७३

 प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०ः३० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।