सिरियाली सरकारको गढमा बम आक्रमण, १२० जनाको मृत्यु !!!

सिरियाली सरकारको गढमा बम आक्रमण, १२० जनाको मृत्यु !!!

131119094836-beirut-explosion-november-19-story-top

कपन अनलाइन, बेरुत, १० जेठ, २०७३

सिरियाली सरकारको गढ मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार इश्लामिक स्टेट (आइएस) समूहद्वारा गराइएका विस्पोटमा परी कम्तिमा १२० जनाको मृत्यु भएको छ । घटनामा सयौंको संख्यामा घाइते भएका छन् । विस्पोटमा परी जावलेह शहरमा ७३ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस शहरमा ४८ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।

प्राप्त समाचार अनुसार उक्त स्थानमा सोमबार बिहानै झण्डै सात आत्मघाती विस्पोट गराइएको थियो । संस्थाका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका आक्रमण पनि भएको बताउनुभएको छ । आइएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सी मार्फत लिएको छ ।

दुवै शहर सिरियाली सत्तापक्षको पकड रहेको इलाका हुन् । सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ । सिरियाको तटीय क्षेत्रमा आइएसको उपस्थिती नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ । रासस

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।