नेपाली फुटबल टोलीले लाओसविरुद्ध खेल्ने  

The Nepali national football team pose for a photo before the internatioanl friendly match againt Bangladesh kicked-off at the Bangabandhu Stadium on Thursday, December 17, 2015. Photo: ANFA

कपन अनलाइन,काठमाडौँ, जेठ ९, २०७३

लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको आज घोषणा भएको छ । यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो । करिब छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच करिब चार दिनको क्षमता परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

छनोट भएका खेलाडीमा दुई गोलकिपर, छ डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन् । गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथू तथा डिफेन्डरमा रवीन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन् । त्यस्तै, टोलीको मिडफिल्डरमा प्रकाश बुुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ अटाएका छन् । त्यसैगरी, फरवार्डको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ र सुनील बलले लिनेछन् । नेपालले यही जेठ १६ गते लाओससँग उसकै घरेलु मैदानमा खेल खेल्नेछ । रासस

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।