मे १ का दिन टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी पूरा

मे १ का दिन टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी पूरा

टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना हुन लागेको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पूरा भएको छ । मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आईतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

13084113_1054847017887690_324682589_n

म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्रीको काम धमाधम भइरहेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए । म्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ‘एनएसके’, सहिमा श्रेष्ठ, नविन पौडेल साथै हाँस्य कलाकार कुमार श्रेष्ठ (फर्सिलाल) को समेत विशेष प्रस्तुति रहने पनि आयोजकले बताएका छन् ।

कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रा.लिले अनुरोध गरेको छ । म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।