बैशाख १८ गते शनिवार होमनाथ तिमिल्सिनाको इकाईले चियापान गर्दै

बैशाख १८ गते शनिवार होमनाथ तिमिल्सिनाको इकाईले चियापान गर्दै

images

कपन अनलाइन/बैशाख १६, २०७३
नेपाली कांग्रेसको महाधिवेशन सकिएको करिब २ महिनापछि पनि महाधिवेशनको रौनकका केही अवशेषहरु अझै बाँकी छन् । महाधिवेशनमा बिजेता बनेकाहरुले क्रियाशिल, समर्थक तथा सुभेच्छुकहरुलाई एकत्रित गरी बिभिन्न कार्यक्रमहरु गर्ने सिलसिला चलिरहेको बेला बुनपा वडा नंं. १४ इकाइले बैशाख १८ गते शनिवार भव्य चियापान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । केन्द्रियस्तरका नेताहरुसहित जिल्ला सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति राजु श्रेष्ठलगायतका नेताहरु चियापानमा सहभागि हुनेछन् । चियापान तथा शुभकामना आदानप्रदान नाम राखिएको कार्यक्रम तयारीका लागि सचिवद्वय राजुविक्रम थापा र सुमन चालिसेलाई विशेष सक्रिय बनाइएको छ भने अन्य पदाधिकारी र सदस्यहरु पनि चियापान कार्यक्रममा बढिभन्दा बढि मानिसहरुको सहभागिता गराउन तयारीमा जुटेको जनाइएको छ । कार्यक्रम बैशाख १८ गते बिहान ७.०० बजे घटराज भट्टराई सालिक चोकमा हुनेछ ।

इकाई अधिवेशनमा लोकप्रिय बनेर सभापति बनेका होमनाथ तिमिल्सिनाको धन्यवाद तथा शुभकामनाको कार्यक्रमलाई धेरै महत्वका साथ लिइएको छ । यस कार्यक्रममा को को आउने हुन् भन्ने बारेमा धेरैलाई चासो रहेको छ । होमनाथ तिमिल्सिनाको कार्यक्रममा सांसद गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठ दुवैजना उपस्थित हुने सम्भावना रहेको बताइन्छ । बुनपा वडा नं. १४ इकाईमा सभापति होमनाथ तिमिल्सिनालाई बहुमत प्राप्त छ । उनलाई उनका अत्यन्त विश्वासिला व्यक्तिहरु राजुविक्रम थापा, बद्रि भट्टराई, सुमन चालिसे, कमला बोगटी आदिको भरपर्दाे सहायता प्राप्त छ भने सबैजनालाई समेटेर लान सक्ने व्यक्ति भएका कारण होमनाथ तिमिल्सिनाले संगठनमा राम्रो काम गर्ने बताइन्छ । होमनाथ तिमिल्सिनाले क्षेत्रमा विभागका लागि सिफारिस गरेका व्यक्तिहरुका बारेमा पनि सबैले प्रशंसा गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।