सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २२ चैत
बुढानिलकण्ठ नगरपालिका–३ गोल्फुटारस्थित सडकमा बा.३ ख ७१० नम्बरको ट्रकले बा.३४ प ७८८३ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बुढानिलकण्ठ नगरपालिका–३ चपली बस्ने २१ वर्षीय अमिर घिमिरेको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
साथै मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र घिमिरे र १४ वर्षीय मुनक घिमिरे समेत घाइते भएकोले शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।