व्यवसाय दर्ता सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि सूचना !

व्यवसाय दर्ता सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि  सूचना !

श्री सम्पुर्ण उद्योगी ब्यवसायी संस्था संचालकमा अनुरोध ।

बूढानीलकण्ठ नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलिको अधिनमा रहि गरिएको नगरपरिषद को निर्णय र ऐन नियम बमोजिम नगरपालिकाले गर्नुपर्ने दायित्व भित्र रहेको उद्योग ब्यवसाय संघ संथा को दर्ता गरि लगत राख्नु पर्ने र सोहि बमोजिम नगरयोजना तयार गरि ब्यवथित बजारीकरण गर्नको लागी हामिले नेपाल राज्यमै पहिलो पटक विद्युत्तिय ब्यवसाय दर्ता प्रकृया अगाडी ल्याएका छौ । सो कार्यान्वयनको शिलसिलामा सम्पुर्ण उद्योगी ब्यवसायी संस्था संचालकहरुले आफ्नो तर्फबाट भरपुर सहयोग गर्नुहुने छ भन्ने पुर्ण भरोसा लिएका छौ । यसमा यहाँहरुलाई विभिन्न प्रश्नहरु उब्जिन सक्छन हामिले आफु ब्यवसायी भएर सोचेका प्रश्नहरुको सकेसम्म बुभ्mने भाषामा प्रश्न र जवाफ तयार गरेका छौ जुन निम्नानुसार छ ।

१. विद्युत्तिय ब्यवसाय दर्ता भनेको के हो ?
विद्युत्तिय ब्यवसाय दर्ता भनेको ब्यवसाय दर्ताको लागी सफ्टवायरका विज्ञहरुबाट कागज र झण्झट रहित कम्प्युटरका माध्यमबाट गरिने ब्यवसाय दर्ता प्रकृयाको सफ्टवयर हो ।
२. दर्ता कसरी गरिन्छ ?
तपाँइको उद्योग ब्यवसाय संस्था रहेको स्थानमा नै विद्युत्तिय तथ्याँक संकलक आइ सरल र सहज भाषामा दर्ताको लागी चाहिने महत्वपुर्ण विवरण मात्र सोधी मोवाइल एप्लिकेशन बाट फर्म भरिदिने छन । (तपाँइलाई सजिलोको लागी अघिल्लो दिन नै म्यनुअल फर्म उपलब्ध गराइनेछ सो फर्म भर्नु भयो भने छिटो र सजिलो हुन्छ ।) सो पश्चात ब्यवसायको नंम्बर उपलब्ध हुनेछ साथै ब्यवसायको प्रमाणपत्र पनि तयार भैसकेको हुनेछ र उक्त नम्वर प्राप्त भएपछि ब्यवसाय प्रमाण पत्र वितरण केन्द्रमा गई आप्mनो नं. दिए पश्चात लाग्ने कर बुझाए पछि तुरुन्तै प्रमाण पत्र उपलब्ध गराइने छ ।
३. दर्ताको लागी के के कागजपत्र चाहिन्छ ?
क. ब्यवसायीको फोटो,
ख. ब्यवसायीको नागरिकता,
ग. भाडामा बसेको भए घरधनिको नागरिकता,
घ. अन्यत्र दर्ता भए प्रमाणपत्र
उल्लेखित कागजातको फोटोकपी अनिवार्य उपलब्ध गराउनु पर्ने छैन । सोको फोटो सम्बन्धित स्थानमानै खिचि तथ्याँक संकलकले फिर्ता गर्नेछन ।
४. विद्युत्तिय ब्यवसाय दर्ता गरेर के हुन्छ ?
नागरिकको हैसियतले आफुले गरेको कुनै पनि उद्योग ब्यवसाय संस्था संचालन जस्ता कुराहरु नगरपालिकामा जानकारी हुन र रेकर्ड राख्नु अति आवश्यक हुन्छ र सो बापतको लाग्ने राजश्व बुझाउँदा नगरपालिका बाट हुने विकास निर्माण लगायत बातावरण जनचेतना आदिमा बजेट निर्माण गर्न सहयोग पुर्याँछ । साथै तपाइको ब्यवसाय कम्प्युटर सफ्टयर मार्फत दर्ता भइसकेपछि दर्ता नं. का आधारमा सवै कागजात समेत तपाइकै लगतमा रहने हुंदा विना झण्झट आफुलाइ आवश्यक परेको बेला लिन सकिन्छ कर राजश्वमा नियमित हुन सजिलो हुन्छ । नगरपालिकाको बजेट एवं विकास निर्माणमा सहयोग पुग्छ ।
५. राजश्व कति लाग्छ ?
नगरपालिकाको परिषद निर्णयमा उल्लेख भए बमोजिम तपाईको उद्योग ब्यवसाय संस्थाको पुजि र किसिम अनुसार फरक फरक राजश्व लाग्ने छ । राजश्वको विवरण तथ्याँक संकलकले साथै मा लिइ आउने छन सो विवरण अनुसार आफ्नो उद्योग ब्यवसाय संस्थाको पुंजि र किसिम हेरि राजश्व बुझाउनु पर्नेछ । तर सो राजश्व भने तथ्यांक संकलकलाई नवुझाई प्रमाण पत्र लिने स्थानमा गै बुझाउनु पर्नेछ । राजश्व बुझाए बापत तपाईलाई रसिद उपलब्ध गराइने छ ।
६. थप शुल्क कति लाग्ने छ ?
निर्णय र रसिदमा उल्लेख भए बाहेकको कुनै पनि सेवा शुल्क लाग्ने छैन । कोहि कसैले मागेमा वा लागेको शंका लागेमा तुरुन्त नगरपालिका सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । तेस्तो रकम लिएको वा मागेको ब्यक्तिलाई नियमानुसारको दण्ड सजाय दिइने छ ।
७. दर्ताको लागी कस्ता संकलक आउने छन, तिनिहरुलाई कसरी विश्वास गर्ने संकलक हुन भनेर ।
तपाईको ब्यवसाय रहेको स्थानमा नगरपालिकाको पोष्टकार्ड साइजको फोटो सहितको परिचयपत्र लगाई कर संकलकको ब्याग बोकेका सिष्ट र सरल भाषा बोल्ने संकलक आउनेछन । परिचय पत्रको आधारमा उनिहरुलाई विश्वास गर्नुपर्ने छ । संकलक संग कुनैपनि आर्थिक कारोवार गर्नुपर्ने छैन । उनिहरु संगै २ वा ३ जना को ग्रुपमा रहने छन भने तपाई संग विवरण लिने १ जना मात्र हुनेछन बाँकीले अर्को ब्यवसायी तर्फ विवरण लिने छन ।
८. दर्ताको लागी समय कति लाग्ने छ ?
दर्ताको लागी विवरण भर्दा र माथि ३ नं. मा उल्लेख भएको कागजात उपलब्ध भएमा बढिमा १५ मिनेट लाग्ने छ । विवरण भरि सकेपछि प्रमाण पत्र लिने स्थान सम्म पुग्ने समय मात्र हो तपाई सो स्थानमा पुग्दा प्रमाण पत्र तयार भैसकेको हुने छ ।
९. अहिले दर्ता नगरे के हुन्छ ?
नगरपालिकाले सम्पुर्ण उद्योगी ब्यवसायी संस्था संचालकलाई पहिलो पटक विना झण्झट आ¬ आफनो ब्यवसाय दर्ता गर्न सजिलो होस भनि न्युनतम कानुनि विवरण मात्र लिइ घरदैलो सेवा प्रदान गरेको हो । अहिले दर्ता गर्नु भएन भने पछि नगरपालिकामा गइ दर्ता गर्दा कानुन बमोजिम विभिन्न कागजातको फोटोकपि लगायत भाडा सम्झौता स्थानीय सर्जिमिन सहित गर्दा समय लाग्नेछ । तपाईलाई आवश्यक समयमा दर्ता हुन कठिन हुनसक्छ ।

अन्तमाः सम्पुर्ण उद्योगी ब्यवसायी संस्था संचालकले दर्ता गरि नगरपालिकामा आफ्ना उद्योग ब्यवसाय संस्था नियमित हुन अनुरोध गर्दै
“हामिले दिने सेवा यहाँलाई कस्तो लाग्यो,
चित्त बुझे अरुलाई भन्नुहोस, चित्त नबुझे हामीलाई भन्नुहोस ।”

धन्यवाद ।
बूढानीलकण्ठ नगरपालिका कार्यालय
गोल्फुटार, काठमाण्डौ ।
२०७२ माघ १४

 

 

तपाइँको प्रतिक्रिया ।