९० किलो चरेससहित कपन बाट ५ जना पक्राउ

९० किलो चरेससहित कपन बाट ५ जना पक्राउ

२० माघ, काठमाडौं ।  ९० किलो चरेससहित कपन बाट प्रहरीले ५ जनलाई पक्राउ गरेको छ ।

Charesh

चरेस कारोबारी गिरोहले काठमाडौंको कपनस्थित एक घरमा चरेस संकलन गरेर राखिएको छ भन्न सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले छापा मारेको थियो ।

प्रहरीले तनहुँका डीबी गुरुङसहित पाँच जनालाई पक्राउ गरेको छ । गुरुङले ९० किलो चरेस कुरियरमार्फत भारत हुँदै क्यानडा पठाउने तयारी गरेको पाइएको प्रहरीले बताएको छ ।

उनले धादिङ, मक्वानपुर लगाएतका जिल्लाहरुबाट चरेस संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइँको प्रतिक्रिया ।