प्रेमगीत युनिट पोखरामा

प्रेमगीत युनिट पोखरामा

पोखरा ८  पुस । नेपाली चलचित्र “प्रेमगीत” युनिट यतिबेला “कभर सङ कम्पिटिशन” का लागि पोखराका विभिन्न कलेज र विद्यालयमा पुगिरहेको छ । आसु सेन फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको फिल्म “प्रेमगीत” को प्रचारका साथै गायन क्षेत्रमा रुची भएका प्रतिभाहरुको खोजी गर्ने उद्देश्य सहित सो चलचित्र युनिटले “कभर सङ कम्पिटिशन” गर्दैछ ।

premgeet
देशव्यापी रुपमा प्रतिभाहरुको खोजी गर्ने क्रममा चलचित्र युनिट पोखरा आएको हो । पोखरा आएको युनिटको टिमले सोमबारसम्ममा पोखरा र लेखनाथका गरि २० भन्दा बढी कलेजमा पुगेर प्रतियोगिताको बारेमा जानकारी दिदै प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुको नाम पनि संकलन गरेको छ । घोषित “कभर सङ कम्पिटिशन” को यु ट्युव गीतको भिडियो कलेक्शन सुरु गरे सँगै निर्माण पक्ष आफैँ विभिन्न कलेजहरुमा पुगिरहेको छ । निर्माण युनिटले फिल्मको कभर सङ “म यस्तो गीत गाँउछु” को भिडियो सार्वजनिक गर्दै यु ट्युव कभर सङ कम्पिटिशन” पनि घोषणा गरेको थियो ।

इन्टरनेटमा सबैको पहुँच नहुने र प्रतियोगितामा धेरै भन्दा धेरैले सरल रुपमा सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले प्रेम गीत टिम यति बेला पोखरा लगायत लेखनाथका कलेज, विद्यालयहरुमा पुगेको पोखरा आएका पब्लिसिटी म्यानेजर किरण आचार्यले बताए । चलचित्रका व्यवस्थापक मिलन शेन ठकुरीको सहकार्यमा प्रचारप्रसारको काम तीव्र रुपमा भैरहेको छ । पब्लिसिटी म्यानेजर आचार्यका अनुसारमा पोखरामा रहेको टोलीले अझै एक हप्तासम्म यँहा कार्यक्रम गर्नेछ भने केहि दिन पछि प्रतियोगिताका लागि इच्छुकहरुलार्ई एकै ठाँउमा राखेर गीतको भिडियो रेर्कड गरिनेछ ।

“चलचित्र समाजको ऐना भएकाले चलचित्र निर्माण गरेर मात्रै हुँदैन, यसले समाजमा सकारात्मक सन्देश पनि दिनुपर्छ, चलचित्रको पनि समाज प्रति केहि उत्तरदायित्व रहन्छ, त्यसैले हामी नँया गायन प्रतिभाहरुको खोजीका लागि हिडिरहेका छौँ ।”—आचार्यले भने । हाम्रो देशमा पनि प्रतिभा भएका धेरै व्यक्तिहरु छन्, उनीहरुले प्रतिभा देखाउने मौका पाएका छैनन्—आचार्य भने—“फिल्म क्षेत्रलाई पनि नँया प्रतिभाको खाँचो हुने हुनाले यो प्रतियोगिता मार्फत त्यस प्रतिभाहरुलाई हामीले मौका दिनेछौँ ।”

काठमाण्डौँमा कार्यक्रम गरिसकेको “प्रेमगीत” चलचित्र युनिट अहिले पोखरासँगै धनगढी, इटहरी, धरान, विराटनगर लगायतका शहरमा पुगेको पनि आचार्यले जानकारी दिए । विभिन्न विद्यालय र कलेजहरुमा पुग्दा आफूहरुले अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको भन्दै आचार्यले प्रतियोगितामा धेरै भन्दा धेरेको सहभागिता रहने र यसले सकारात्मक असर पार्ने सक्छ भन्ने संकेत मिलेको बताए । “कभर सङ कम्पिटिशन” विजेतालाई एक लाख नगद पुरस्कार सहित आगामी चलचित्रमा पाश्र्व गायनको मौका दिने चलचित्र युनिटले जनाएको छ । यस्तै टप टेन प्रतियोगिलाई स्मार्ट फोन र वैदेशिक शिक्षाका लागि छात्रवृत्ति दिइनेछ । आउँदो प्रेम दिवसको अवसरमा प्रदर्शन हुने चलचित्र प्रेम गीतको शीष गीत दर्शकले अत्याधिक मन पराएका छन् ।

तपाइँको प्रतिक्रिया ।