ओखलढुंगाको रामपुरमा सुविधा सम्पन्न हाट बजार

कपन अनलाइन

काठमाडौं ,मंसिर ११।

ओखलढुंगाको रामपुरमा सुविधा सम्पन्न हाट बजार उदघाटन गरिएको छ। जिल्लाको राजनीतिक र शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान दिएको रामपुर क्षेत्र ब्यापारिक र शैक्षिक केन्द्रका रुपमा रहेको छ।

मोलुंग गाउँ पालिका वडा नं २ मा रहेको रामपुर हाट बजार तथा उधानको उदघाटन गर्दै  ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले आफ्नो विद्यालय जीवनमा हाट बजार सरसफाई गरेको स्मरण गर्दै अहिले सुविधा सम्पन्न संरचना निर्माण गरेकोमा स्थानीय सरकारलाई धन्यवाद दिएका थिए।

एक करोड २० लाखको कबोल मुल्यमा हाट बजारका लागि स्टल,सार्वजनिक सौचालय ,पार्क लगायतका संरचनाहरु निर्माण गरिएको सो स्थानमा निरन्तर  लाग्दै आएको हाट बजारलाई व्यवस्थित बनाउने एक जनप्रतिनिधिले बताए।

उक्त हाट बजार तथा पार्क उदघाटन कार्यक्रममा मोलुंग गाउँपालिकाका अध्यक्ष  मणिराज राई , उपाध्यक्ष हेमकुमारी तामाङको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता वडा नं २ का अध्यक्ष टंक बहादुर कार्कीले गरेका थिए।

रामपुर क्षेत्रमा पूर्वाधार विकास गर्दै ब्यापारिक र शैक्षिक केन्द्रका रुपमा स्थापित गर्ने गाउँपालिकाको अभियानमा अर्थपूर्ण भूमिका निर्वाह गर्ने सो हाट बजार उदघाटन कार्यक्रममा वडा नं ८  का अध्यक्ष   हरिकुमार राई ले स्वागत मन्तव्य राखेका थिए भने गाउँ पालिकाका सुचना प्रविधि अधिकृत गोपाल नेपालले संचालन गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।