हलेसी तुवाचुङ -५ का ५५४ कृषकलाई २७ लाख ३२ हजारका कृषि सामाग्री सहयोग

कपन अनलाइन
खोटाङ ,मंसिर ११।
हलेसी तुवाचुङ नगरपालिका वडा नं  ५ का ५५४ कृषकलाई २७ लाख ३२ हजारको बराबरको सामाग्री वितरण गरिएको छ।
Swiss Agency for Development & Cooperation (SDC) को आर्थिक सहयोग, हलेसी तुवाचुङ नगरपालिकाको सहकार्य, CATHOLIC RELIEF SERVICES (CRS) को प्राविधिक सहयोग र  कारितास नेपालको आयोजनामा भएको कार्यक्रममा ५५४ कृषकलाई २७,३२,६२६ मुल्य बराबरको प्लास्टिक ट्नेल, ३०० लि. को HILLTANK, न्याकस्याप स्प्रेयर, हजारी ,किटनासक बिषादि ,ढुसिनासक औषधि लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो।
 स्थानीय संस्था नबकिरण सेवा समाज दुर्छिम खोटाङ को समन्वयमा भएको कार्यक्रममा प्रति कृषक ६ हजार १९ रुपैया बराबरको सहयोग गरिएको वडा अध्यक्ष रमेश तिवारीले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।