लक्ष्यराइज साकोसको १० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

लक्ष्यराइज साकोसको १० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर १०।

लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले  १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ  ।

लक्ष्यराइज सहकारी सँगै लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्ज र मनास्लु वर्ल्ड कलेजको संयुक्त आयोजनामा चावहिलस्थित गणेशस्थान तरकारी बजार क्षेत्रमा  सम्पन्न भएको  रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए।

रक्तदानपछि स्वास्थ्य सजगता अपनाउँदै सानो समूहमा केक काटेर संस्थाले १०औं वार्षिकोत्सव मनाइएको साकोसका अध्यक्ष सहदेव तिमल्सिनाले बताए।

कोरोना महामारीका कारण  औपचारिक कार्यक्रम नगरिएको बताउदै उनले महामारीका कारण पछिल्लो समय राजधानीका ब्लड बैंकहरूमा रगतको अभाव देखिन थालेकोले त्यसमा सहयोग गर्न यो रक्तदान गरिएको जानकारी दिएका छन।

सो  अवस्थालाई मध्यनजर गर्दै छिटै कलंकीस्थित सदस्य सेवा केन्द्रमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने बताउदै उनले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।