Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127280898_3584881888292179_236670645028765087_o-e1606272262239.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चन्द्रागिरि नगरपालिकामा मेलमिलापकर्ताको भूमिका सम्बन्धी एक दिवशीय कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,मंगसिर १०।  चन्द्रागिरि नगरपालिका न्यायिक समिति द्वारा आयोजित मेलमिलापकर्ताको भूमिका सम्बन्धी एक दिवशीय कार्यक्रम सम्पन्न भएको छ । मङ्सिर ८ गते नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक श्री लिशा नकर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका प्रमुख घनश्याम गिरि रहेका थिए भने   बिशेष अतिथिको रुपमा , NRCTC Nepal का निर्देशक चुप बहादुर थापा नगरपालिका  प्रवक्ता  हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।  कार्यक्रम संचालन  न्यायिक समिति सदस्य माधव कुमार के.सीले गरेका थिए।

सामाजिक दुरी सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रम समाजमा घट्ने विभिन्न खालका घटना र त्यसवाट उत्पन्न हुने द्धन्दको समाधान गर्दै न्यायमुलक समाजको स्थापना गर्न न्यायिक समितिका सदस्य र मेलमिलाप कर्तालाई सहजिकरणका लागी कानुनि व्यवस्था वारे जानकारी गराउने उद्देश्यले  कार्यक्रम  आयोजना गरेको न्यायिक समितिका संयोजक तथा नगरपालीका उपप्रमुख  लिशा नकर्मीले जानकारी गराइन ।

न्यायिक समितिका सदस्य र मेलमिलाप कर्ताहरु विच मेलमिलाप सम्वन्धि ऐनमा भएका कानुनी व्यवस्था वारे छलफल तथा अन्तरक्रिया समेत भएको सो थियो ।कार्यक्रममा नगर प्रमुख घनश्याम गिरि  प्रमुख प्रशासकीय अधिकृत,  नगरपालिका का प्रवक्ता तथा न्यायिक  समिति सदस्यहरुले  मन्तब्य  राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।