Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127007467_758390901416895_3134238470881956554_o.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

किर्तिपुर नगरपालिकाको छात्रवृत्ति सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,मंगसिर १०।  किर्तिपुर नगरपालिकाले छात्रवृत्तिक लागि निवेदन पेश गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। शाखा अधिकृत गोबिन्दप्रसाद निरौला द्वारा जारी गरिएको उक्त सुचनामा किर्तिपुर नगरपालिका भित्र संचालित सामुदायिक संस्थागत तथा सार्वजनिक गुठि बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत असाहय तथा गरिब, जेहेन्दार, बिपन्न, अपाङ्ग ,महिला दलित जनजाति ,द्वन्द पिडित र सहिद परिवारका बिद्यार्थीहरुले शिक्षा नियमावली तथा संस्थागत बिध्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९को परिच्छेद ६ को १७ बमोजिम छात्रवृत्तिका लागि समबन्धित बिद्यार्थीहरुका अभिभावकहरुले शिक्षा शाखामा तोकिएको ढांचामा निम्न कागजात सहित निवेदन दिनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।

आवश्यक कागजातहरु

१) निवेदन संगै अघिल्लो कक्षा उत्तीर्ण गरेको लब्धांक पत्रको प्रतिलिपि ।

२ ) सम्बन्धित वडाको सिफारिस पत्र।

३ ) परिचय खुलेको प्रमाण पत्र।

४ ) म्याद नाघी आएको आवेदन स्वीकार्य हुने छैन।

५) आवेदन बुझाउने अन्तिम मिति २०७७ साल मंगसिर मसान्त सम्म ।

तपाइँको प्रतिक्रिया ।