गोकर्णेश्वर नगरपालिका वडा नं ७ को बिवरण पेश गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं मंगसिर ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले बिवरण पेश गर्ने बारेको सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष केशब गुरुङ द्वारा जारी गरिएको उक्त सुचनामा कोभिड १९ का कारण भारत लगायत अन्य मुलुक बाट रोजगारी गुमाएका र अध्ययन गरि फर्किएका शिक्षित तथा दक्ष बेरोजगारहरुको बिवरण भरि पठाउनुपर्ने भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा स्थायी रुपमा बसोबास गर्नुहुने बिदेश बाट फर्केका बिरोजगार  (१९ वर्ष देखि ५९ वर्ष उमेर समुहका ब्यक्तिहरुले वडा कार्यालय बाट बिवरणको फर्म्याट लिएर बिवरण भरि  मंगसिर ७ गते देखि ६ दिन अर्थात मंगसिर १२ गते सम्ममा  वडा कार्यालयमा पेश गर्नको लागि अनुरोध गरिएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।