हास्यब्यङ्गले हसाउनुको साथै समाजमा सकारात्मक संदेश समेत दिनुपर्छ : राजाराम पौडेल (हास्यकलाकार)
कपन अनलाइन
काठमाडौं मंगसिर ८ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः राम कुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ ।भैरव पुरस्कार गुठीले शनिवार गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरेका हुन् ।भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश : एक लाख र पचास हजार रुपैया रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै हास्य कलाकार राजाराम पौडेलले कम पुरस्कार पाउने ब्यक्तिहरु मध्ये आफु एक भएको बताए ।सोहि कारण आफुले पुरस्कारमा बिस्वास नराख्ने हुँदा भैरब पुरस्कार पाउछु भन्ने नसोचेको बताए । उनले पहिलो पटक पहिले भैरब अर्याल जस्तै इज्जतिलो पुरस्कार प्रज्ञा प्रतिष्ठान बाट पाएको स्मरण गर्दै आज दोस्रो पटक पुरस्कार पाएको बताए । उनले भैरब पुरस्कार पाउदा आफुले आफैलाई गौरब महसुश गरेको बताउदै भैरब पुरस्कार भनेको हास्य ब्यंग्य क्षेत्रको नोबेल पुरस्कार हो उनले भने जुन चिज पाउदा एउटा गर्वको अनुभूति हुन्छ उनले सो पुरस्कार पाउदा त्यस्तै गर्भ अनुभूति गरेको बताए उनले त्यसमा पनि आफु संगै त्यो पुरस्कार पाउने रामकुमार पांडे जो शिखरमा पुगेको व्यक्तित्व प्रोफेसर जसले हास्य ब्यङ्गको क्षेत्रमा धेरै पुस्तकहरुमा कलम चलाएको त्यस्तै व्यक्तित्व संगै पुरस्कार ग्रहण गर्न पाउदा गर्भ महसुश भएको बताएका थिए ।
भैरब गुठि संस्था बाट आफुलाई मनोनयन गरेकोमा धन्यबाद दिदै हास्य ब्यङ्ग भनेको हसाउने मात्र नभई त्यसले समाजमा केहि संदेश समेत दिनुपर्ने जुन संदेशले समाज र देशको लागि काम गरोस ,उनले भने। २०५८ सालमा नेपालमा धेरै नेपाल बन्द हुने अवस्था रहेको स्मरण गर्दै त्यति बेला श्रीमान् श्रीमतीको झगडा परे पनि नेपाल बन्द हुने गर्थ्यो ,त्यतिबेला आफुलाई भएको उकुसमुकुसको क्षण सम्झदै यो नेपाल बन्द गर्ने परम्परालाइ कसरी तह लगाउने भनेर सोच्दै गर्दाएउटा हास्य ब्यङ्ग कलाकार भएको नाताले कुनै एउटा व्यङ्ग्यात्मक कार्यक्रम गरेर केहि संदेश दिनुपर्छ देशलाई भनेर सोचेको स्मरण गरेका थिए ।
बिभिन्न संचारमाध्यमलाइ फोन गरेर अब देखि नेपाल बन्द गर्ने आयोजकलाइ थोत्रो जुत्ता उपहार दिन्छु भनेको भोलिपल्ट त्यो समाचार सबै पत्रपत्रिकाले प्राथमिकताका पृष्ठ पेजमा छापे पश्चात अधिराज्य बाट नै दाइ त्यो जुत्ता कहाँ पठाउने हामि पनि पठाउछौ भने फोन आउन थालेको स्मरण गरेका थिए।
उनले अधिराज्य भरको जुत्ता कहा राख्ने भन्ने समस्या परेपछि टुडिखेलमा आफै एउटा मोडेल बनेर ४३ फिट अग्लो मूर्तिमा सस्तो भ्रस्टाचार राजनीतिक ठगि भन्ने लेखिएको बेल्ट बाँधेर त्यहा जो आउछ त्यो मुर्तिलाई जुत्ता हान्न लगाइएको स्मरण गरेका थिए।उनले त्यति मानिस आउछन् जस्तो नलागेको बताउदै त्यस्तो कार्यक्रम संसारमै पहिलो पल्ट भएको थियो, उनले भने ।
त्यो कार्यक्रम पछि फ्रान्स को एफेल टावरमा केहि व्यक्तिले गरेछन र गिनिज बुकमा नाम लेखाउन एप्लाइ गरेको थाहा पाए पछि आफुले ब्रिटिश काउन्सिलमा गएर विश्वमा त्यस्तो कार्यक्रम गर्ने पहिलो ब्यक्ति म हो भनेर जानकारी गराए पनि आफ्नो नाम पनि लेख्न नलगाएको र उनीहरुको नाम लेख्न नदिएको बताए । उनले त्यो काम नामको लागि नभई देशको लागि गरेको बताएका थिए । उनले त्यस पछि डेढ वर्ष नेपाल बन्द नभएको भन्दै एउटा हास्य ब्यंग्य मार्फत गरिएको कार्यक्रमले गर्भको अनुभूति गराएको बताए ।
हास्य ब्यङ्गले हसाउने मात्र नभई त्यसले सार तत्व मुलभूत सकारात्मक संदेश पनि दिनुपर्ने बताए ।भैरब अर्यालको बारेमा केटाकेटी छंदा गलबन्दी, काउकुती, जय भुँडी त्यो भित्रका खै खै भन्ने लगायतका कृति पढेको बताए उनले शिखरमा पुगेका विशिष्ट ब्यक्ति भैरब अर्यालको नाममा पुरस्कार प्रदान गर्ने सबैलाई धन्यबाद दिएका थिए ।