गोठाटार स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा शुरु गरेका छौ : वडा अध्यक्ष कुन्दन खड्का

गोठाटार स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा शुरु गरेका छौ : वडा अध्यक्ष कुन्दन खड्का

कपन अनलाइन

 काठमाडौं मंगसिर ७।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर)  कार्तिक १ गते बाट शुभारम्भ  गरिएको  वडा अध्यक्ष कुन्दन खड्काले जानकारी गराए  ।  नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरे संगै उक्त  सेवा प्रदान गरिएको जानकारी गराए । ब्रिटिस रेडक्रस सोसाईटीको सहयोगमा निर्माण भएको गोठाटार स्वास्थ्य चौकी भवनको २०७५ साल मङ्सिर १ गते शिलन्यास गरिएको थियो। भवनमा पाँच वटासम्म बेड रहेको वडाध्यक्ष  खड्काले बताए  ।

उनले उक्त बर्थिङ्ग सेन्टरबाट सुरक्षित सुत्केरीदेखि लिएर नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन साथै सुत्केरीपछि हुने जटिलता र सुत्केरीपछि पनि चेकजाँच गरी राख्नुपर्ने जस्ता सेवाहरु उपलब्ध हुनेछ। तर अपरेशन नै गरेर शिशु निकाल्न र अत्यावश्यक अवस्थामा अस्पताल नै लैजानुपर्ने उनले जानकारी गराए  ।स्वास्थ्य सामंग्री नेपाल रेडक्रस सोसाईटी र ब्रिटिस रेडक्रस सोसाईटीको सहयोगमा उपलब्ध भएको र अब २४ सै घण्टा प्रसुति सेवा उपलब्ध गराउने पनि खड्काले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।