उनि नर्स उ अष्ट्रेलियन पिआर लगन नजुर्ने कुरै छैन (गजल )

उनि नर्स उ अष्ट्रेलियन पिआर लगन नजुर्ने कुरै छैन (गजल )

कपन अनलाइन

काठमाडौं ,मंसिर ५/अनिल चापागाई

लिएर आयो हिरै हिराको हार लगन नजुर्ने कुरै छैन

उनि नर्स उ अष्ट्रेलियन पिआर लगन नजुर्ने कुरै छैन !

 

बर्षौं देखिको नेपालको प्यार स्वाहा हुन्छ एकैछिनमा

पिआर वाला आओस एकबार लगन नजुर्ने कुरै छैन !

 

केटि हेर्न बाउ आमा लिएर केटीको घरमा पुग्दा खेरि

टलक्क टल्कियो केटाको कार लगन नजुर्ने कुरै छैन !

 

अलि अलि बुढो अलि अलि तालु खुइलिएर के भयो र

काठमान्डुमा छ घर घडेरि चार लगन नजुर्ने कुरै छैन !

 

अंकल जस्तो देखिनु खासै ठुलो समस्या त हुंदै हैन नि

उसको सम्पतिमा मस्ति गर्ने सार लगन नजुर्ने कुरै छैन !

 

तपाइँको प्रतिक्रिया ।