काठमाडौंका स्थानीय तहमा प्रशासनिक भवन निर्माणमा जिससको सहयोग रहन्छ : शिबसुन्दर राजवैद्य

काठमाडौंका स्थानीय तहमा प्रशासनिक भवन निर्माणमा जिससको सहयोग रहन्छ : शिबसुन्दर राजवैद्य

कपन अनलाइन

काठमाडौँ, मंगसिर ५। कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यले करिब एक अर्व रुपैया  जिल्ला समन्वय समिति काठमाडौंमा दुइ वर्ष देखि  खर्च गर्न नपाउने गरि रोकिएको मौजुदा कोषलाई खर्च गर्ने कार्यविधि तयार भए पश्चात  खर्च गर्न लागिएको बताए ।उनले एक अर्व रुपैया मध्ये झन्डै १० करोड  पुर्व समन्वय जिल्ला समन्वय समितिका कर्मचारीको  कल्याणकारी कोष, सेवा सुबिधामा खर्च गर्ने र बाँकी

९० करोड रुपैया १० वटै नगरपालिका र एउटा महानगरपालिकाको प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने गरि खर्च गर्ने निर्णय अनुसार सम्झौता गरेको बताए  ।उनले कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि हाललाई भनेर केहि रकम दिएको र भविष्यमा पनि दिन सक्ने अवस्था आएमा त्यो पनि प्रदान गर्ने बताएका थिए ।

उनले अहिले सम्म किर्तिपुर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको प्रसासनिक भवन   बनिसकेको हुँदा बुढानिलकण्ठ नगरपालिकालाइ वडा भवन निर्माणको लागि सहयोग गर्ने निर्णय भएको पनि जानकारी गराए। त्यसैगरि किर्तिपुर नगरपालिकाले बनाएको दुइ तले प्रशासनिक भवनको तेस्रो चौथो र पाँचौ तलामा आवश्यक  भौतिक निर्माणका साथै  अन्य आवश्यक पूर्वाधारहरु निर्माणका लागि  सहयोग गर्ने भनेर सम्झौता गरि सकेको जानकारी गराए।

त्यसै गरि उनले प्रशासनिक भवन निर्माणको लागि दक्षिणकाली नगरपालिकाले जग्गा विवादको कारणले   प्रक्रिया अगाडी  नबढाएको  जानकारी गराउदै सो विवाद समाधान गर्नको लागि  त्रिभुवन आवासीय बिध्यालयमा रहेको  नेपाल ट्रस्टको जग्गा लिने निर्णय भएको हुँदा  दक्षिणकाली नगरपालिकाले पनि आफ्नो प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडी बढाउने छ भन्ने बिश्वास ब्यक्त गरेका थिए ।उनले काठमाडौं जिल्ला भित्र बनाएका प्रशासनिक भवनहरु एतिहासिक सम्पदाको झल्को दिने गरि  निर्माण गर्न गरेको अनुरोध अनुरुप भवन निर्माण हुने बिश्वास पनि ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।