ओखलढुंगाको रामपुरमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा सहयोग

कपन अनलाइन

ओखलढुंगा ,मंसिर ५ ।

रामपुर स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालका रुपमा विकास गर्नका लागि मोलुङ गाउँपालिका वडा नं २ का स्थानीय उदारमना बासिन्दा हरुले ९ रोपनी जग्गा दान गरेका छन।

स्थानीय क्षेत्रमा स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सो क्षेत्रका प्रख्यात समाजसेवी राइटर  गङ्गा प्रसाद दाहालको स्मृतिमा चलन चल्तीको मुल्यमा करिव १ करोड ५० लाख पर्ने जग्गा उपलव्ध गराइएको हो।

मोलुङ गाउँपालिका वडा नं २ निवासी  रमा दाहाल ,  चतुर्भुज दाहाल ,उत्तम कुमार दाहाल र सन्तोष दाहालले ५-५-१-० , १-१३-१-०,०-१४-२-२ ,०-१४-३-२ गरि जम्मा ९ रोपनी जग्गा अस्पताल निर्माणका लागि उपलव्ध गराएका छन।

जग्गा पास गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने  जनप्रतिनिधि , समाजसेवि , बुद्दिजिवी लगायतलाई धन्यवाद दिंदै गाउँपालिकाले सो अस्पताल जिल्लाकै नमुना अस्पताल बन्ने विस्वास व्यक्त गरेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।