काठमाडौँ महानगरपालिका–३० को मैतीदेवी मन्दिर परिसरमा बगैचा बन्ने

कपन अनलाइन

काठमाडौं ,मंसिर ५

काठमाडौँ महानगरपालिका–३० को  मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा बगैँचा निर्माण हुने  भएको छ ।

विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनतार्जगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा निर्माण गर्न लागिएको हो ।  काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको रकम बाट सो बगैचा निर्माण गर्न लागिएको हो।

मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी रहेको र सो जग्गामा  बगैँचाको डिजाइन बनाउने काम भइरहेको वडाले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।