टोखा नगरपालिका वडा नं  ११ को भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं ,मंसिर ५।

टोखा नगरपालिका वडा नं  ११  को प्रशासनिक भवनको  गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । दुई करोड पाँच लाखको  लागतमा निर्माण भएको सो भवन  विसं २०७८ असोज महिनाभित्र सम्पन्न हुनेछ ।

 भवनको  शिलान्यास गर्दै टोखा  नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनचाहना बमोजिम भौतिक पूर्वाधारसहित सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास एवम् विस्तार गरी नगरपालिकालाई देशकै नमूनाका रुपमा स्थापित गर्न अहोरात्र खटिइरहेको बताएका थिए  ।

कार्यक्रममा बोल्दै  वडाध्यक्ष  उत्तम अधिकारीले भाडामा लिइएको कार्यालय भवनबाट जनतालाई सेवा प्रदान गर्न केही कठिनाइ परिरहेको जानकारी दिँंदै वडाको प्रशासनिक कार्यालय भवन निर्माणपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका थिए  ।

गोङ्गबु चक्रपथ चोक बाहिर करीब एक किलोमिटरको दूरीमा निर्माण हुने सो भवन नगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको छ।

तपाइँको प्रतिक्रिया ।