प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ: उपप्रधानमन्त्री ईश्वर पोखरेल

प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ: उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,मंसिर ४।

नेकपाका सचिवालय सदस्य  तथा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफूमाथि लगाइएका तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भिर आँच आउने उदेश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।

आजको सचिवालयको सार भन्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’

त्यस्तै उनले त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत  घोषणा गरेको भन्दै यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गरेको दावी पनि गरेका छन् ।

पोखरेलको सन्देस :

नेकपाको सचिवालयको बैठकको सार कुरा
———————————————
आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले , सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ ।
यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!
तपाइँको प्रतिक्रिया ।