ओखलढुंगाको प्रसिद्ध चम्पादेवी मन्दिर सम्म सडक, दर्शनार्थीलाई सहज हुने

ओखलढुंगाको प्रसिद्ध चम्पादेवी मन्दिर सम्म सडक, दर्शनार्थीलाई सहज हुने

कपन अनलाइन

ओखलढुंगा ,मंसिर ४।

ओखलढुंगाको प्रसिद्ध चम्पादेवी मन्दिर सम्म सडक पुगेको छ। चम्पादेवी गाउँपालिका वडा नं  ९ मा रहेको सो मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै निर्माण गरिएको सो सडक मंसिर ९ गते उद्घाटन हुनेछ।

वडा नं ९ को डल्लीडाँडा-खानीगाउँ -छापकटेरी हुँदै चम्पादेवी मन्दिर सम्म पुग्ने सो सडकको निरीक्षण गर्दै गाउँपालिकाका अध्यक्ष नबराज केसीले गाउँ पालिकाको नामकरण भएको सो पवित्र तिर्थस्थल सम्म पुग्न अब निकै सहज हुने बताएका छन।

सो सडक निर्माण पश्चात विशेष मेला र  पर्व बाहेक पनि उक्त मन्दिरमा दर्शन गर्न जान सहज हुने बताउदै अध्यक्ष केसीले यसले सो क्षेत्रको पर्यटन प्रवर्धनमा निकै सहयोग पुग्न विस्वास व्यक्त गरेका छन।

गाउँ पालिकाले बिनियोजन गरेको १५ लाख रुपैया बाट निर्माण भैरहेको सो सडक निरीक्षणमा अध्यक्ष केसी संगै समिति नेविसंघ जिल्ला सचीव सुजन पौडेल, नेविसंघ जिल्ला सदस्य मनोज बुढाथोकी,उपभोक्ता समितिका सदस्यहरुको सहभागिता रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।