पर्वतमा शरीर जोडिएका दुई शिशु जन्मिए

कपन अनलाइन

काठमाडौं ,मंसिर ३।

धौलागिरि अस्पतालमा पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् ।

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन् ।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो भने पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै  धौलागिरि अस्पताल बागलुङमा पठाएको हो ।

‘उनि  सोमबार साँझ अस्पताल पुगेकी थिइन् , मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिएका छन  । शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको तर  आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले जानकारी दिएका छन।फोटो सौजन्य : नयाँपेज डट.कम

तपाइँको प्रतिक्रिया ।