सफलता प्राप्त गर्दै डा. दंगालको प्राज्ञिक अभियान

कपन अनलाइन

काठमाडौं ,कार्तिक ३०/बामदेव भट्ट
विश्वमा अब्बल देखिएका विश्वविद्यालयहरु अनुसन्धान गरेरनै अब्बल बनेका हुन भन्दै त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापन गरिरहेका डा. दिलनाथ दंगाल ले लकडाउन सुरुभएबाटनै जुममार्फत अनुसन्धान लगायतका आज सम्म ९१ ओटा कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । उनका कार्यक्रममा पूर्व मन्त्रीहरु, नेपाल सरकारका पूर्व र वहालवालासचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र कार्यकारी निर्देशक, योजना आयोगका पुर्व उपाध्यक्ष, नेपाल सरकारका मुख्यमन्त्री, विभिन्न विश्वविद्यालयका पदाधीकारीहरु, कोरोनाका जानकार डाक्टरहरु र अनुसन्धानको क्षेत्रमा ख्याती प्राप्त देश र विदेशका १५ जना विज्ञहरुले स्रोत व्यक्तिको रुपमा कक्षा लिइसकेका छन  भने  कार्यक्रमलाई ३५ हजारले लाभ लिइसकेका छन् ।
संयोजकको एक्लो प्रयास तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सल्लाह र सहयोगमा  भाद्र महिनामा पहिलो चरणको अनुसन्धान मूलक कार्यक्रकम भएको थियो भने  कार्तिक २० बाट   दोस्रो चरणको सात दिने अनुसन्धान कार्यक्रम  सम्पन्न भभएको थियो।

विश्वविद्यालय वा अन्य ठूला ठूला संस्थाहरुले गर्नु पर्ने काम डा. दंगालको एक्लो प्रयासमा भएको र सहभागीहरुले अत्यन्तै ठूलो लाभ लिएको सहभागीहरुले बताएका छन् । विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्र बनाएर  अब्बल बनाउने उदेस्य का साथ सुरु गएिको यो कार्यक्रम निःशुल्क रुपमा सञ्चालन भएको र आगामी दिनहरुमा विषयगत रिसर्च कार्यक्रम चलाउने  कार्यक्रमका संयोजकले बताएका छन् ।

यो सत्कर्मलाई भविष्यमा समेत जारी राख्दै पुनः झन् व्यवस्थित र विशिष्ट ढंगले विषयगत रुपमै मुलुकभरका प्राध्यापक सङ्ग थप माया पिरती गास्ने बाचाबन्धन गरिसकेको र उनीसँग मायाप्रेम गर्न अनुसन्धानकर्ता र अनुसन्धानका विज्ञ थप उत्साहित र तयार भैसकेको कुरा पनि कार्यक्रम संचालकले गरेको तथा गुरुवर्गले २१ औं शताब्दीको अमुल्य उपहार ईन्टरनेटको अधिकतम उपयोग गर्दै हामीलाई त्यो खारिएको ज्ञान र अनुभव बाँड्दै गर्दा ज्ञान जति बाँडे पनि जहिल्यै बढिरहने उसको मौलिक स्वभाव भएरै त होला आदरणीय गुरुहरुले त्यति धेरै ज्ञान हामीमाझ पस्कन सक्नुभएको भन्ने कुराले सहभागीलाई थप सोचमग्न बनाएको  इलामबाट सहभागी हुनु भएका सह प्राध्यापक अरुण नेपालले आफ्नो फेशबुक वालमा लेख्दै अनुसन्धान कार्यमा रुची भएर पनि आफुले तीब्र चाहना राख्दाराख्दै भेट गर्न नसकेका अनुसन्धानका ज्ञाता र विज्ञसङ्ग भेट गराइदिएर पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका सहभागीहरुका दिलको गहिराई चुम्न सफल भएका छन् भनेर कार्यक्रमको प्रसंसा   गरेका छन् ।
कार्यक्रमलाई शुभकामना दिने क्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम सुवेदीले यो अनुसन्धानको भर्चुअल कक्षामा सहभागीहरुको ठूलो उपस्थितीले गर्दा  प्रवेश पाउन गारो हुनुनै कार्यक्रमको सफलता भएको बताउदै  अनुसन्धान भन्ने कुरा गरेर मात्र जानिने कुरा रहेको  सिकाउन खोजिएकोमा खुसि व्यक्त गरेका थिए।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललेकोभिडले आक्रान्त पारेको अवस्थामा विद्वान स्रोत व्यक्ति र रिसर्चका स्कलरहरुलाई जोड्ने कार्यक्रम सञ्चालन गरेर संचलकले स्तुत्यको काम गरेको धारणा राखेका थिए भने   सुप विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशीले विश्वविद्यालयका प्राध्यापक र रिसर्चमा लागेका साथीहरुमा रिसर्चमा बानी परोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको मत राखेका थिए।

मप विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले अनुसन्धानमा प्राध्यापकहरु लाग्ने हो भने विश्वविद्यालयहरु होपको केन्द्र बन्ने हुँदा  मानिसहरुको विश्वविद्यालय प्रति विश्वास बढने भन्दै यो अवसर दिकोमा धन्यवाद दिर्दै शुभकामना ब्यक्त गरेका थिए भने  खुला विश्वविविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा , राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.भरत झा र पुर्वाञ्चलविश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुषालले रिसर्चका क्षेत्रमा पुराना विद्वान सरहरुको ज्ञानलाई नयाँ पुस्ता सम्म पुर्याउनेकाम यो कार्यक्रमले गरेको, पिएचडी र एम फिमफिलका विद्यार्थीहरुलाई रिसर्चको क्रममा जहाँ समस्या पर्छ त्यही व्यवहारमा खड्किएका कुराहरु प्रश्न गरेर सिकाउने काम यो कार्यक्रमले गरेको र विश्वविद्यालयले गर्ने यस प्रकारका कार्यक्रम केन्द्रीकृत गरेर गर्न नसकेको सन्दर्भमा डा. दंगालले गरेकोमा आभार प्रकट गरेका थिए ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यबाहक अध्यक्ष प्रा.डा. कल्याणी मिश्रले एक जना प्राध्यापकले गर्न चाह्यो भने धेरै गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण  दिलनाथ दंगाल रहेको  भन्दै प्राध्यापकहरु जतिसुकै सक्षम भएपनि रिसर्चको क्षेत्रमा कमजोर भएको कारणले सरकारले विश्वास नगरेको  सन्दर्भमा यो कार्यक्रमले प्राध्यापकहरुलाई रिसर्चको क्षेत्रमा अगाडी बढ्न हौसला प्रदान गरेको कुरा व्यक्त गरेका थिए ।

नेपाल प्राध्यापक संंघका अध्यक्ष प्रा.डा.बुद्धबहादुर थापा र त्रिवि प्राध्यापक संघका सभापति प्रा.डा. वसन्त ढकालले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।