बगरसँग सुन्दर लहरको भेट : गंगा लिगल (कविता )

बगरसँग सुन्दर लहरको भेट : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक३०।

सौम्य शान्त समुद्र
जता हेर्यो  उतै पानीको
विशाल भण्डारको मालिक
सम्पूर्ण नदीको आलिंगनलाई
आफूमा समेटी
अपार ममताओढेर
सम्पूर्णलाई आफ्नो वक्षस्थलमा
असीममाया र स्थानदिएर,
अनन्त सुखको सागरमा सर्व समर्पित भै
सबै मिलेर, अथाहा, अलौकिक
गरिमामयवक्षस्थललाई सौम्यताले सिंगारी
आफूलाई गौरवपूर्ण ठानेका छन् ।

बेला बेलामा समुद्रकालहरले
बगरसँग गर्ने भेट
अनमोल हुन्छ
प्रतिक्षामा रट लगाएर बसेको वगरको
एक पटक समुद्रमानतमस्तक भै
हृदय देखि नै अपार मायाको तिर्खा मेटाउन
प्रतिक्षाउन्मुखखुशीकाहात फैलाई
समर्पणको आकांक्षालिएर
पर्खेको हुन्छ
आफ्ना सुकेका खोस्रा वगरमा
शीतल, शान्त, सुरम्य लहरले
केवल स्पर्श मात्रदिएमा
वगर आफूलाई धन्य
सम्झन चाहन्छ
अनिआफू रसमय बनेर
बालक, युवाहरुको
घरौंदा बनेर
पवित्र प्रेममाआभार प्रकट गर्नेछ ।

हुनपनिलहर, बगरसँग भेट्न पर्दा
खालिहातकहिले आउनखोज्दैन
कहिले आफ्नो साथमा
अति रमणीय नीलगगनलाई
बोकेर आएको हुन्छ
जसले गर्दा बगरसँगको भेटमा
यसले सुनमा सुगन्धथपि दिन्छ
कहिले सिंगो आकाशसँग
प्रकाशै प्रकाशकामालिक
सूर्यलाई बोकेर आएको हुन्छ
जसले गर्दा
अस्त व्यस्तवगर प्रकाशै प्रकाशले
सौन्दर्यमय बन्न पुग्छ ।
भने कहिले,
वगरसँगको भेटमा
जूनताराहरु झकिझकाउ गरि
घुम्टो ओढेर
अत्यन्तबोझिलो भएर आएको हुन्छ

यसरी समुद्र लहरले
वगरसँग गरेको भेट
अत्यन्तदामी, मूल्यवान र महत्वपूर्ण हुन्छ
यसरी लहरको आनन्दमय क्षण
प्रणय कथाको रुपमाबदलिन पुग्छ
जहाँमानवले जीवनलाई
उल्लासमय क्षणको रुपमा
शयर गरि आल्हादित बन्दछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।