२०९९ : अस्मिना नेपाल (नाटक )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २९।
(दुई केटाकेटी आफ्ना हजुरबा र हजुरमासँग कुरा गरिरहेका थिए । हजुरबा र हजुरमाबाट उनीहरू २०२० मा उहाँहरूले कसरी दिन काट्नु भयो र कोविड्–१९ को महामारीबाट कसरी बच्नुभएको थियो भन्ने कुरा सुन्दै थिए ।)
रूपक (नाति):हजुरमा…हजुरबा, ऐले सँगै भएको बेला म एउटा प्रश्न सोध्छु ल ! साँची २०२० मा के भएको थियो ? हामीले कसैले कुरा गरेको सुनेका थियौँ । हामीलाई जान्न मन लागेको छ !
अलिशा (नातिनी):अँ, हामी उत्सुक छौँ ।
हजुरामाः राम्रो प्रश्न बाबुनानी हो । ध्यानदिएर सुन । यो कुरो २०२० को हो । त्यो महामारीले अहिले सम्म तर्साउँछ । त्यो बर्ष अहिले सम्मकै सबैभन्दा गारो र नराम्रो बर्ष थियो । म त्यतिखेर जम्मा १२ बर्षको थिएँ । तिमीहरूको हजुरबा र म सानैदेखि साथी थियौँ । चैतसम्म हाम्रो विद्यालय चलिरको थियो । यो कोरोनाको बारेमा थाहापाएर हाम्रो जाँच छिटै सक्काइयो र हामीहरूलाई घरमै बस्नु परेको थियो । सबै जनालाई लाग्थ्यो कि कोरोना छिट्टै सकिन्छ तर होइन त्यस्तो भएन ।
बच्चाबच्चीदुबै कराउछन्ः त्यसपछि के भयो ?
हजुरबाःअझै सुन । लकडाउन हुन्छ भनेर सरकारी मान्छेले भने । हामीहरू घरमा बस्नु पर्यो र अरू काम गरेर बस्नु पर्यो । बाहिर हिँडेको मानिसलाई जहाँ देख्यो त्यहीँ पिट्थे र कसैलाई आफ्नो हिरासतमा लिन्थे । कसैले कसैलाई भेट्न मिल्दैन थ्यो र हामीहरू अरू भिडियो सम्मेलनमा भेट्थ्यौं । नेपालमा धरै मानिसहरूलाई कोरोना लागेको थिएन । तर छिटै कतार प्लेनबाट आएकी एउटी केटीलाई लागेको भेटियो र त्यो नै नेपालको पहिलो सङ्क्रमण थियो ।
रूपकःला, कस्तो नराम्रो भएछ !
हजुरमाःत्यो त त्यस्तै भयो । अरू केके
भयो ! तिमीहरूलाई थाहा छ के ?
अलिशाः के थाहहुनु र, हजुरमा ! सुननौँ न !
हजुरमा :एकातिर महामारी अर्कोतिर हामी । स्कुलको परीक्षा ठिक्क सुरु भएको थियो । हल्ला पनि सुरु भयो । तर, फटाफट चेकिङ । हामीले कक्षा ६ को परिणाम पायौँ र त्यो पाएको केही दिनपछि हाम्रो कक्षा ७ को लागी अनलाइन कक्षा सुरु भयो । कति मजा आउन थालेको थ्यो ।
हजुरबा :होइन होइन, अनलाइन कक्षा खासै मजेदार थिएन । धरै अल्छी लाग्दो थियो ।
हजुरमा :त्यस्तो होइन, तिमी अनलाइन कक्षामा डेढ महिना जति आएनौ । सिधै जाँचको खबर आएपछि आएको मलाई अझै याद छ ।
बच्चाबच्ची :आमा, हजुरबा ! हामीलाई लाग्छ कि तपाई पहिला स्मार्ट हुनुहुन्नथ्यो होला ।
हजुरबा :त्यस्तो पनि होइन । म मेरो कक्षाको ५० जनामा तेस्रो थिएँ । जे भएपनि स्मार्ट थिएँ । नपत्याए हजुरमालाई सोध ।
बच्चाबच्ची : साँच्चीहो, हजुरमा ?
हजुरमा :हो त ! तिमीहरूका हजुरबा तेस्रो केटा र म तेस्री केटी थियौँ ।
बच्चाबच्ची :राम्रो सञ्जोग परेछ त !
हजुरबा : के हो पारा ? अब कुरा खतम गरेर कोरोनाको बारेमा सुन्नु छैन ?तिमीहरू सधैं यस्तै गर्छौ । एउटा कुरा गरेको बेला तिमीहरू सधैँ अर्को कुरा सुरु गर्छौ । अलिक बानी सुधार है, अहिलै भन्दिन्छु !
बच्चाबच्ची : हुन्छ हजुरबा, माफीहोस् !
हजुरमा : ल ल ठिक छ, अब तिमी अरू कुरा भन बच्चाबच्चीलाई ! (रिसाउँदै)
हजुरबा : हरेक दिन मान्छेहरू त्यो महामारीबाट संक्रमित हुनथाले र मर्न थाले । म यस्तो डराएको थिएँ कि मैले आफ्ना आमाबुवालाई बाहिर जान दिइनँ र आफू पनिगइनँ । त्यसरी नै १० महिना जति बित्यो । त्यतिखेर सम्म अप्रिल भैसकेको थियो । हामीले हाम्रो अन्तिम जाँच गर्यौँ र परिणाम पनि छिट्टै पायौँ । मैले तिमीहरूको हजुरमा भन्दा कम पाएकोले खिन्न भएँ । उनले ९० प्रतिशत र मैले ८८ प्रतिशत पाएको। म त छक्क परेको !
बच्चाबच्ची : राम्रो भएछ हजुरबा, हाहाहा !
हजुरमा :हो, एकै छिन् त म पनि छक्क परेको । मलाई धेरै खराब लागेको थियो।
हजुरबा : ल ल ठिक छ !
हजुरमा :मलाई अझैसम्म तिम्रो मुख याद छ, हाहा ! त्यसपछि फेरि हाम्रो अनलाइन कक्षा सुरु भयो । धन्नले सबै देशका मान्छेहरू मिलेर रोगको सुइ भेट्टाए र लाउन पाइयो ! हामी सबै २ महिना भित्र ठिक भयौँ ! जेसुकै होस् त्यहाँ देखि ऐलेसम्म त्यस्तो केही पनि भएको छैन ।
हजुरबा : सेप्टेम्बरबाट सबै देशहरू नयाँ तरिकाबाट सुरु भए । हामीले खुसी मनायौँ ।
हजुरमा :हाम्रो पढाइ चलिरह्यो । हजुरबा र मैले आफ्नो पढाइ सक्यौँ र त्यसपछि हाम्रो बिहे भयो ।
रूपक :आहा ! कति रमाइलो र कारुणिक कहानी ।
अलिशा :हजुरबा, हजुरमा, तपाईंहरूको फोटो देखाउनु न ।
हजुरबा र हजुरमा : हुन्छ, उ त्यहाँ टेबलमा छ, गएर हेर ।
(उनीहरूले फोटो हेरे र खुसी हुँदै खाना खान गए ।)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक