गजल : विनोद चालिसे
कपन अनलाइन
काठमाडौं ,कार्तिक २९।
प्यास हुनु, पानी नहुनु बेकार हुन्छ ।
जिवनहुनु, जवानी नहुनु बेकार हुन्छ ।।
अनन्त छ तिम्रो आँखाको आकाश
आँखाहुनु, नानीनहुनु बेकार हुन्छ ।
पढ्न त जीवनमा धेरै पढ्यौ तिमीले
ज्ञान हुनु, ज्ञानी नहुनु बेकार हुन्छ ।
नायक नै खलनायक भए पछि देशमा
ठेकीहुनु, मदानी नहुनु बेकार हुन्छ ।
एकदिन अवश्य जल्नेछौ तिमी चिता माथि
लास जल्नु, खरानी नहुनु बेकार हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।