संरक्षण नहुँदा पैयाटारको पुरानो ढुंगेधारा बेहाल अवस्थामा

कपन अनलाइन

काठमाडौं ,कार्तिक २८।

संरक्षण नहुँदा पैयाटारको पुरानो ढुंगेधारा बेहाल अवस्थामा पुगेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु बाट गोकर्णेश्वर महादेव मन्दिर जाने बाटोमा रहेको सो धारा अहिले फोहोर फाल्ने स्थान बनेको छ।

पानी  नआउने गरी बेहाल अवस्थामा रहेको धाराको मूल बाट आएको पानीलाई पाइपमा जोडेर अन्तै लगिएको छ भने धारा क्षेत्रलाई बेवास्ता गर्दै सडक पनि निर्माण गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सो ढुंगेधारा संरक्षण गर्न सके धेरै स्थानीयहरुलाई खानेपानीको सुविधा उपलव्ध हुने बताउदै त्यसको लागि पहल गर्न वडा कार्यालय संग एक स्थानीयले माग गरेका छन ।

तपाइँको प्रतिक्रिया ।