टोखा नगरपालिका घर बताउने ७४ वर्षिय बृद्ध हेटौडामा भेटिए

टोखा नगरपालिका घर बताउने ७४ वर्षिय बृद्ध हेटौडामा भेटिए

कपन अनलाइन

काठमाडौं ,कार्तिक २८।

टोखा नगरपालिका घर बताउने ७४ वर्षिय पदम बहादुर थापा हेटौडामा भेटिएका छन। बोल्नमा समस्या रहेको, शारीरिक रुपमा अशक्त, लौरोको सहारामा सामान्य हिडडुल गर्न समेत समस्या रहेका थापालाई मानव सेवा आश्रम हेटौडाले उद्दार गरेर आश्रमको मुख्य कार्यालयमा राखिएको छ।

सामुदायिक प्रहरी उपसेवा केन्द्र हेटौंडा बसपार्कका अध्यक्ष प्रदिप कँडेल, कार्यसमिती सदस्य अनिल अधिकारी, नेपाल मानवअधिकार संगठनको तर्फबाट शर्मिला श्रेष्ठ लागायतको सहयोगमा उद्दार गरिएका थापाको परिवार मिलनका लागि आश्रमले अनुरोध गरेको छ।

थापाको परिवार र आफन्त चिन्ने महानुभावले  ९८५५०७६००१/०२, ९८४३३४७६०१/०२ मा सम्पर्क गर्न सकिने मानव सेवा आश्रमले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।