Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/119777400_3325107040871902_2101931172793147277_o-e1605006399651.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं जर्नीले आकस्मिक रक्तदान तथा मधुमेह सचेतना गर्ने

कपन अनलाइन

काठमाडौँ, कार्तिक २५। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको मिलायन्स क्लबअफ काठमाडौं जर्नीले तेरी महिला विकास समूह संगको सहकार्यमा आकस्मिक रक्तदान तथा मधुमेह सचेतना  कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर कार्तिक २७ गते बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भगवती मन्दिर परिसरमा बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले  आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।मधुमेहको क्षेत्रमा काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

त्यसैलाई मध्यनजर गर्दैसामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं जर्नीले महिला विकास समूह संग    सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्ने भएको हो । सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या नेपालमा पनि  बढ्दै गएको छ ।  मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।

मधुमेह दिवसको अवसरमा डिस्ट्रिकले समेत मधुमेह सम्बन्धि समेत कार्यक्रम गर्न गरेको आव्हान अनुरुप  सोहि दिन सोहि समयमा मधुमेह परिक्षणको साथै सचेतना कार्यक्रम समेत आयोजना गर्न लागिएको लायन्स क्लब अफ काठमाडौं जर्नीकि प्रेसिडेन्ट रोज बिष्ट रोजिनाले कपन अनलाइन लाइ जानकारी गराइन ।

तपाइँको प्रतिक्रिया ।