कोरोना संक्रमितहरुको मनोबल बढाउदै प्रदेस सभा सदस्य कुसुम कुमार कार्की
कपन अनलाइन
काठमाडौं ,कार्तिक २५।
बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का कोरोना संक्रमित र उनीहरुको परिवारको मनोबल बढाउनका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्दै आएका कोरोना संक्रमित र उनीहरुको परिवारलाई मास्क ,स्यानीटाईजर.साबुन र थर्मोमिटर लागयतका स्वास्थ्य सामाग्री सहित नगर कार्यपालिकाले तोकेको आर्थिक सहयोग हस्तान्तरण गरिएको वडा नं ११ का अध्यक्ष राजु अधिकारीले बताएका छन।
सो अवसरमा कोरोना संक्रमण विरुद्ध लड्ने क्रममा वडा कार्यालय र प्रदेस सभा सदस्यले प्रत्यक्ष भेटेर सहयोग गर्दा निकै आत्मबल बढेको एक संक्रमितका परिवारले बताएका छन।
उक्त सामाग्री हस्तान्तरणका अवसरमा वडा अध्यक्ष अधिकारी ,वडा सदस्य बिनोद तामांग सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।