तिहार नजिकिदै गर्दा भक्तपुरमा माटोका सामाग्री बनाउने चटारो

कपन अनलाइन

भक्तपुर, कार्तिक २५।काठमाडौं  उपत्यकाको पुरानो सहर भक्तपुरमा तिहार नजिकिदै गर्दा  माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। स्थानीय भाषामा कुम्ह भनिने माटोको भांडा बनाउने जातीय पेशा भएका मानिसहरु वर्षभरीमा सबैभन्दा बढी व्यस्त हुने समय यही हो।

तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्ने मानिहरुको संख्या बढी हुन्छ।व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने भए पनि कोरोना महामारी (कोभिड १९) को कारण पहिले जस्तो कामको चटारो नहुँदा  फुर्सदमा काम गरिरहेका छन ।

 दिपावलीमा  मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम बढेको छ ।तिहारमा घरभित्र र बाहिर बत्ती बालेमा लक्ष्मी प्रवेश गर्ने धार्मिक विश्वास छ । देशका विभिन्न ठाउँमा तिहारका बेला माटोका पाला धेरै खपत हुन्छ । उज्यालो भएको घरमा मात्रै लक्ष्मीको बास हुने धार्मिक आस्थाका कारण माटोको पाला तथा  बत्तीले झिलिमिली पारी घर सजाउने प्रचलन रहको छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।