पोखरा वृद्धाश्रमका जेष्ठ नागरिकलाई लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुचको सहयोग

पोखरा वृद्धाश्रमका जेष्ठ नागरिकलाई लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुचको सहयोग

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुचले पोखरा वृद्धाश्रमका जेष्ठ नागरिकलाई खाध्यान सहयोग गरेको छ। पोखरामा रहेका जेष्ठ नागरिकहरुलाई चामल ,तेल ,दाल र नुन लगायतका खाद्यान्न सहयोग गरेको थियो।

लायन्स क्लव अफ काठमाडौं बुढानिलकण्ठ नेवा पुचका प्रेसिडेन्ट आर्यन श्रेष्ठ ,विकास श्रेष्ठ ,सबिना श्रेष्ठ ,सन्जु ढकाल र राजेन्द्र ढकाल लगायतको टोलीले सो वृद्धाश्रमलाई ७५ केगी चामल, ५ लिटर तेल ,५ केजी नुन र ५ केजी दाहाल सहयोग गरेको थियो।

समाज र मानवीयसेवाका लागि विभिन्न गतिविधि गर्ने क्रममा सो सहयोग गरिएको जानकारी दिदै   लायन्स क्लव अफ काठमाडौं बुढानिलकण्ठ नेवा पुचका प्रेसिडेन्ट आर्यन श्रेष्ठले सो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।