एसिया अनलाइन पुम्से च्याम्पियनसिपको निर्णायकमा लामा र थापा 

कपन अनलाइन
काठमाडौं, कात्तिक २५।
नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।